राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी, निर्णय प्रक्रियामाथि बहस कायम

काठमाडौँ । रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका छन्। यसअघि मन्त्रिपरिषद्ले पठाएको अध्यादेशमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। राष्ट्रपतिले विशेषगरी निर्णय प्रक्रियासम्बन्धी व्यवस्थामा चासो व्यक्त गरेका थिए। प्रस्तावित व्यवस्थाअनुसार ६ सदस्यीय परिषद्को बैठकमा ४ जना उपस्थित भए […]
सुकुम्बासी आन्दाेलनकाे नेतृत्व श्रम संस्कृति पार्टीले गर्छ, एकीकृत भएर लाग्नुहाेस : नेतृ मन्दिरा माेक्तान

काठमाडौं । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तान ले देशभरका सुकुम्बासीहरुलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले सुकुम्बासीहरुकाे अधिकारका लागि सुरु भएको आन्दोलनलाई व्यापक बनाउनु आवश्यक रहेको बताएकी छन्। उनले सबै सुकुम्बासीहरु एक ठाउँमा उभिन आग्रह गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने र त्यसकाे नेतृत्व श्रम संस्कृति […]
चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान तामाङको नेतृत्वमा नयाँ समिति चयन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगरपालिका–६ को प्रथम ऐतिहासिक वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। आइतबार आयोजित अधिवेशनमा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले अधिवेशनले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने […]
सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने स्पष्ट पारेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुमवासीको विषयलाई व्यवस्थित ढंगले समाधान गरिने बताए। उनका अनुसार यसका लागि शक्तिशाली प्राधिकरण वा आयोग गठन गरी त्यसले […]
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु, सागर ढकालद्वारा केन्द्रीय सदस्यकाे सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको छ। बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना तथा आगामी रणनीतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठककै क्रममा सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय […]
चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्न, मोहन पौडेलको नेतृत्वमा नयाँ समिति चयन

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शनिबार आयोजित अधिवेशनमा रास्वपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रमिला कुलुजु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। अधिवेशनले मोहन पौडेलको नेतृत्वमा ९ सदस्यीय वडा […]
हर्क भन्छन् , नैतिकताकाे आधारमा राजिनामा देउ बालेन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले प्रम शाहलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकिएको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने […]
बदनाम गर्ने खेल: समावेशितामाथि संगठित प्रहार

राज्यको नेतृत्वदायी तहमा पुगेका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने खेल कुनै नयाँ होइन, तर पछिल्लो समय यो झन् आक्रामक र संगठित रूपमा अघि बढिरहेको देखिन्छ। कसैले पद पाउनासाथ उसलाई धार्मिक रूपमा शंकास्पद देखाउने, चर्च वा क्रिश्चियनसँग जोड्ने, र त्यसैलाई आधार बनाएर सामाजिक रूपमा गिराउने प्रयास—यी सबै संयोग होइनन्, स्पष्ट रूपमा तयार पारिएको […]
संविधान संशोधन बहसमा समावेशीतामाथि प्रश्न, आरेन राईको सुझाव– ‘विविध विज्ञ समेटौं’

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईले संविधान संशोधनको बहसपत्र तयारी समितिको कामप्रति समावेशीताको सवाल उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आज समितिले विज्ञहरूसँग छलफल गरेको भए पनि सहभागिता पर्याप्त समावेशी नदेखिएको टिप्पणी गरेका हुन्। राईले संयोजक तथा समितिको टिमलाई भूगोल, समुदाय र लिङ्गका आधारमा विविधता झल्किने […]
खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

सुनसरी । खोटाङ जिल्लासँग सम्बन्धित संगठनात्मक गतिविधिलाई प्रदेश राजधानीसँग जोड्ने उद्देश्यसहित “रास्वपा खोटाङ – प्रदेश राजधानी सम्पर्क विभाग” आयोजक कमिटि गठन गरिएको छ। २०८३ साल वैशाख १४ गते सुनसरीको इटहरीमा सम्पन्न विशेष भेलाबाट उक्त कमिटि गठन गरिएको हो। जिल्ला कार्यसमिति सदस्य भगवती रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश महामन्त्री माननीय लालविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो। […]
