Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनताको चुलो चिन्ने बजेट आएको छ : सांसद राजिब खत्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2026
3 shares

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता राजिब खत्रीले निर्वाचनका क्रममा जनतामाझ गरेका प्रतिबद्धताहरू स्मरण गर्दै अहिलेकाे सरकार जनताको चुलो चिन्ने खालको भएकाे बताएका छन्। सरकारले प्रस्तुत गरेको बजेट जनताको दैनिक जीवन र आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको समेत खत्रीले दाबी गरेका छन्।

सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्यविनायक नगर अधिवेशनलाई सम्बोधन गर्दै सांसद खत्रीले सरकारले ल्याएको बजेट जनताको वास्तविक आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएकाे बताए। उनले बजेटले आम नागरिकको जीवनस्तर सुधार र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले विगतमा बजेट निर्माण गर्दा दलगत स्वार्थ वा निश्चित क्षेत्रलाई प्राथमिकता दिने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै यसपटकको बजेट त्यसबाट अलग रहेको बताए। खत्रीका अनुसार बजेट कुनै पार्टी, समूह वा क्षेत्र विशेषलाई लक्षित नगरी सम्पूर्ण नेपाली जनताको हितलाई ध्यानमा राखेर ल्याइएको हो।

सांसद खत्रीले सरकारले ल्याएको बजेट देशभरका नागरिकको चुलोसम्म पुग्ने गरी समावेशी र जनमुखी रहेको दाबी गरे। उनले विकास, रोजगारी, उत्पादन वृद्धि तथा नागरिकको जीवनयापन सहज बनाउने कार्यक्रमहरू बजेटमा समेटिएको उल्लेख गर्दै यसको प्रभावकारिता कार्यान्वयनबाट पुष्टि हुने बताए। साथै उनले जनताको अपेक्षा अनुरूप काम गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved