भक्तपुर कांग्रेसमा महाधिवेशन तयारीसँगै समानान्तर भेला, नेतृत्वमाथि प्रश्न

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने केन्द्रीय समितिको निर्णयसँगै भक्तपुरमा महाधिवेशन केन्द्रित गतिविधि तीव्र हुन थालेका छन्। यही क्रममा भदौ २३ गते भक्तपुर क्षेत्र नं. १ का कांग्रेस नेता तथा कार्यकर्ताबीच जीवन खत्रीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीको आगामी महाधिवेशन, संगठन सुदृढीकरण, पछिल्लो प्रतिनिधिसभा निर्वाचनको […]

जेनजी आन्दोलनको एक वर्षपछि पनि बालेन र रास्वपाप्रति जनविश्वास कायमै

काठमाडौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि युवा पुस्तामाझ काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रतिको भरोसा कायमै रहेको एक सर्वेक्षणले देखाएको छ। आन्दोलनपछि मुलुकको राजनीतिक परिवेशमा उल्लेख्य परिवर्तन आए पनि नयाँ राजनीतिक नेतृत्वप्रति नागरिकको आकर्षण तत्काल कमजोर नभएको सर्वेक्षणको निष्कर्ष छ। विशेषगरी युवापुस्ताले परम्परागत राजनीतिक दलको विकल्पका […]

केपिलासगढी–७ सुङ्देलमा श्रम संस्कृति पार्टीको वडा समिति गठन

खोटाङ । श्रम संस्कृति पार्टीले केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा वडा समिति गठन गरेको छ। शुक्रबार आयोजित भेलाबाट विशाल दुमी राईको अध्यक्षतामा वडा समिति गठन गरिएको हो। भेलामा श्रम संस्कृति पार्टीका प्रदेश सचिवालय सदस्य आशिष राईको प्रमुख आतिथ्यता रहेको थियो भने केपिलासगढी गाउँपालिका अध्यक्ष मिलन चन्द राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका अगुवा नेताहरू अर्वचन […]

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा पछिल्लो समय भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधन तथा भौतिक क्षतिबारे छलफल भएको हो। भेटका क्रममा चिनियाँ राजदूत माओ मिङले भोटेकोसी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को […]

जनताको जीवनमा परिवर्तन ल्याउनु नै राजनीतिको असली सफलता : कमल ढकाल

राजनीति पद, प्रतिष्ठा र सत्ता प्राप्तिको माध्यम मात्र होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी हो। जनताले आफ्ना दैनिक जीवनमा भोगिरहेका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसक्ने राजनीति जनताबाट क्रमशः टाढिँदै जान्छ। नेकपाका केन्द्रीय सदस्य कमल ढकालले सार्वजनिक रूपमा उठाउँदै आएको जनसरोकारको विषयले पनि राजनीतिलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकतालाई संकेत गर्छ। उहाँको पछिल्लो […]

प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। यसअघि हिजो बस्ने तय भएको बैठक सभामुख डिपी अर्यालकी सासुआमाको निधन भएपछि आजका लागि सारिएको थियो। झण्डै चार महिनापछि प्रधानमन्त्री शाह प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूले विभिन्न समसामयिक […]

प्रतिपक्षी सांसद अनुपस्थित, बागमती प्रदेशसभामा पहिलोपटक बैठक सञ्चालन

हेटौँडा । बागमती प्रदेशसभाको इतिहासमा पहिलोपटक प्रतिपक्षी दलका सांसदहरूको अनुपस्थितिमै प्रदेशसभा बैठक सञ्चालन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कुनै पनि सांसद उपस्थित भएनन्। सत्तापक्षमा रहेका नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र […]

राप्रपा बागमती प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन र ह्विप उल्लंघन गरेको भन्दै बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको जानकारी दिएका हुन्। पार्टीको निर्देशन पटक–पटक अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारलाई समर्थन गर्दै […]

अग्रजको आशीर्वाद, गगनको नेतृत्व : एकताबाट बलियो कांग्रेस बनाउने आह्वान

काठमाडौं । नेपाली कांग्रेसलाई थप सुदृढ र जनविश्वासयुक्त बनाउन अग्रजको अनुभव, युवाको ऊर्जा र नेतृत्वको नयाँ सोचबीच समन्वय आवश्यक रहेको धारणा सार्वजनिक भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएका विवाद तथा मतभेदलाई व्यक्तिगत जित–हारका रूपमा नभई कांग्रेसको भविष्य र जनताको भरोसासँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको छ। पार्टीको विगत निर्माणमा अग्रज नेताहरूले पुर्‍याएको योगदान र अनुभवलाई सम्मान […]

कामबाट चिनिँदै चाँगुनारायण : जीवन खत्रीको जनमुखी नेतृत्व र ‘भक्तपुर महानगर’को परिकल्पना

भक्तपुरको चाँगुनारायण नगरपालिका पछिल्लो समय विकास, पूर्वाधार र जनमुखी सेवाका कारण चर्चामा आउन थालेको छ। नगर प्रमुख जीवन खत्रीले जिम्मेवारी सम्हालेपछि विकासलाई केवल सडक, भवन र भौतिक संरचनामा सीमित नराखी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्दै अघि बढाउने प्रयास गर्नुभएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई एकीकृत रूपमा अघि […]