सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

” महिला संगठन निर्माणदेखि विशेष महाधिवेशनको अभियानसम्म सक्रिय नेतृको राजनीतिक योगदानमाथि प्रश्न; भक्तपुर कांग्रेसभित्र उठ्नुपर्ने बहस “ ✍️दिपेश श्रेष्ठ, भक्तपुर । राजनीतिमा निर्वाचन जित्नु र हार्नु लोकतान्त्रिक प्रक्रियाका सामान्य परिणाम हुन्। तर कुनै नेताको राजनीतिक मूल्याङ्कन एउटा निर्वाचनको नतिजा वा पार्टीको आन्तरिक प्रतिस्पर्धामा प्राप्त मतका आधारमा मात्र गर्नु उचित हुँदैन। संगठन निर्माणमा पुर्याएको योगदान, कार्यकर्तासँगको […]
बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक हुन् : एमाले नेता सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नेपालको राजनीतिक इतिहासका पाँच जना ‘सुपर भाग्यमानी’ व्यक्तिमध्ये एकका रूपमा व्याख्या गरेका छन्। उनले नेपालको राजनीतिमा असाधारण जनसमर्थन र राजनीतिक परिस्थितिका कारण शीर्ष नेतृत्वमा पुगेका नेताहरूको सूचीमा बालेनलाई पाँचौँ स्थानमा राखेका हुन्। पाण्डेका अनुसार नेपालमा विभिन्न राजनीतिक कालखण्डमा केही नेताहरूले असाधारण राजनीतिक अवसर प्राप्त […]
‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्यायो’ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६० जनाबाट सुरु भएको जनयुद्ध क्रमशः जनसमर्थन बढ्दै जाँदा नेपाललाई गणतन्त्रसम्म पुर्याउन सफल भएको बताएका छन्। राष्ट्रिय जागरण अभियानका क्रममा बोल्दै उनले जनयुद्धको सुरुवाती अवस्थादेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक यात्राबारे आफ्नो धारणा व्यक्त गरेका हुन्। प्रचण्डका अनुसार जनयुद्ध सुरु गर्दा आफूहरूसँग ६० जना मात्रै थिए। तर, समयक्रमसँगै […]
‘सुशासन र समृद्धिको नाममा जनताको अधिकार खोसिए अर्को ठूलो आन्दोलन हुन्छ’ : रिजवान अन्सारी

महोत्तरी, जलेश्वर। नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएका छन्। महोत्तरी जिल्लाको जलेश्वरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित नेपाल संघीय समाजवादी पार्टीको जिल्ला कार्यकर्ता भेला तथा […]
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन सुरु, अनुशासन आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार सांसद सुनारसँग सम्बन्धित विषयमा पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा तिनमा उठाइएका […]
जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिवाद गर्छौं : रिजवान अन्सारी

सर्लाही । नेपाल संघीय समाजवादी पार्टीले सर्लाही जिल्लामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी पुस २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन पुस ३१ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सीताराम शाहको अध्यक्षतामा सम्पन्न […]
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिहरूले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्। प्रदेशगत रूपमा सबैभन्दा बढी मत बागमती प्रदेशबाट खसेको छ। निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा १ हजार २२५ मत खसेको छ। […]
नयाँ राजनीतिको दाबी र पुरानो संस्कारको चुनौती लोकतन्त्रको संकट दलमा होइन, राजनीतिक संस्कारमा

समाजकै प्रतिबिम्ब राजनीतिक नेतृत्वमा पनि देखिन्छ। राजनीतिक नेतृत्व समाजभन्दा अलग कुनै टापुमा निर्माण हुँदैन। समाजमा विद्यमान चेतना, संस्कार, आकाङ्क्षा, पूर्वाग्रह, मूल्य–मान्यता र व्यवहारकै राजनीतिक अभिव्यक्ति नेतृत्वमा देखिने हो। त्यसैले राजनीतिक नेतृत्वमा देखिएका विकृतिलाई नेताहरूको व्यक्तिगत कमजोरीका रूपमा मात्र बुझेर पुग्दैन। त्यसको जरो हाम्रो सामाजिक र राजनीतिक संस्कारभित्र पनि खोज्नुपर्छ। यही सन्दर्भमा दक्षिण एसियाको राजनीतिलाई हेर्दा […]
बिहानैदेखि प्रतिनिधिको भीड : कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न शुक्रबार बिहानदेखि मतदान प्रक्रिया सुरु हुँदैछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि निर्धारित मतदान केन्द्रमा लामबद्ध भएका छन्। बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरिएपछि प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदानस्थल पुगेका हुन्। बिहीबार नै मतदान हुने भनिए पनि आवश्यक तयारी पूरा […]
नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। यसअघि बिहीबारका लागि तय गरिएको मतदान तयारी पूरा नभएका कारण स्थगित भएपछि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो। निर्वाचन समितिले मतदानका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ। बिहीबार आयोजित मिडिया ब्रिफिङमा निर्वाचन समितिले खराब मौसम, प्राविधिक समस्या तथा ढिलो […]
