दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री शाहले विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि दिउँसो १ः१५ बजे बस्ने कार्यक्रम छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची […]
भूमिहीनका नाममा झुटा विवरण पेश गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेश गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ। समितिले जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण वा नक्कली अभिलेख पेश गर्ने, […]
शैक्षिक सत्र २०८४ देखि संशोधित पाठ्यक्रम कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन

भक्तपुर । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०८४ देखि संशोधित पाठ्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराएको छ। केन्द्रले २०८३ साउन २८ गते जारी गरेको सूचनाअनुसार, पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८३ असार १९ गते बसेको बैठकको सिफारिस तथा […]
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई विगतमा सफाई […]
४४ओै वि.पि.स्मृति दिवशको अवसरमा बेलबारी काङ्ग्रेस द्वारा वृक्षारोपण

बेलबारी मोरङ ,हिमांशु राय । ४४ ओै वि.पि.स्मृति दिवशको अवसरमा मोरङको बेलबारी नगरपालिका वडा नम्वर-११,लक्ष्मीमार्ग स्थित रहेको सेल्फीरोडमा नेपाली काङ्ग्रेस बेलबारी नगर कार्यसमिति द्वारा वृक्षारोपण कार्यक्रम सु सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेस बेलबारी नगर सभापति छत्र लिम्बुको अध्यक्षतामा उक्त वृक्षारोपण कार्यक्रम सु सम्पन्न भएको हो। महामानव वि.पि.कोईरालाले देखाउनु भएको आर्दश निष्ठा त्याग र सैद्धान्तिक मूल्य […]
डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

कृष्ण कुँवर- पर्बत। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले देशभरका प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गरेको छ। डीआईजी ओमबहादुर रानाको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्षको ९ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा ८५.११ प्रतिशत अंक प्राप्त गर्दै देशभर प्रथम स्थान हासिल गरेको हो। यसअघि सम्पन्न अर्धवार्षिक मूल्याङ्कनमा पनि कार्यालयले ८०.२१ प्रतिशत नतिजासहित […]
संविधान संशोधन र धार्मिक स्वतन्त्रता, नेपाली इसाई समुदायको तत्कालिन दृष्टिकोण

गिदोन लामिछाने-धरान। नेपालको संविधानले बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई स्वीकार गरेको भए पनि धार्मिक स्वतन्त्रता, समानता र समावेशिताका सन्दर्भमा अझै स्पष्टता र प्रभावकारी कार्यान्वयनको आवश्यकता देखिएको छ । प्रस्तुत लेखमा नेपाली इसाई समुदायको अनुभव र दृष्टिकोणका आधारमा संविधान संशोधनका लागि उठाइएका प्रमुख मुद्दाहरूको विश्लेषण गरिएको छ । यसले धर्मनिरपेक्षताको परिभाषा, धार्मिक स्वतन्त्रताको दायरा, समानताको प्रत्याभूति […]
सुकुम्बासीको नाउँमा बहुमूल्य जग्गा कब्जा कत्तिको उचित?

कृष्ण कुँवर (कर्नेलियस)। पाखुरा र खुट्टा बलिया छन् भने त्यस्तो ब्यक्तिलाई सुकुम्बासी भन्न मिल्दैन। त्यस्ता व्यक्तिलाई मुख्यतः रोजगारीको आवश्यकता हुन्छ, र रोजगारीको अवसर सिर्जना गर्नु राज्यको कर्तव्य हो भने काम गरेर खानु सबैको कर्तब्य हो। यदि कसैको दुई पुस्ताअघिदेखि नै जग्गा–जमिन छैन भने, त्यस्ता वास्तविक भूमिहीनलाई बसोबासका लागि जग्गा उपलब्ध गराउनु सरकारको दायित्व हो। तर […]
विश्व प्रतिस्पर्धामा छनौट भएका तीन नेपाली विद्यार्थीलाई इन्डोनेसिया जान आर्थिक समस्या

कृष्ण कुँवर — अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धा कोडाभर ७.० अन्तर्राष्ट्रिय प्रतियोगिता (Codeavour 7.0 International Competition) —मा सहभागी हुन छनौट भएका तीन नेपाली विद्यार्थी आर्थिक अभावका कारण प्रतियोगितास्थल इन्डोनएशियाको जाकार्ता पुग्न कठिनाइमा परेका छन् । प्रतियोगिता आगामी मे १६ र १७ (जेष्ठ -२ र ३ गते ) मा आयोजना हुँदैछ। सुनगाभा कलेज खैरेनी पर्साका कक्षा १२ […]
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

प्रेमचन्द्र झा, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका छन्। स्थानीय बासिन्दाका […]
