Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2026
6 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। संगठन विस्तार तथा स्थानीय तहमा पार्टीलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट जनार्दन केसी चन्द्रागिरि नगर सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि खसेको कुल २०२ मतमध्ये केसीले १५३ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी मधुकर बस्नेतले ४९ मत प्राप्त गरेका थिए। निर्वाचन प्रक्रिया उत्साहपूर्ण र सौहार्द वातावरणमा सम्पन्न भएको बताइएको छ।

यस्तै, उपसभापति पदमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् भने सचिव पदमा मन्दीरा थापा झिनो मतान्तरले विजयी भएकी छन्। अधिवेशनबाट एक उपसचिव र नौ सदस्यसहित १३ सदस्यीय नयाँ नगर कमिटी चयन गरिएको छ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठ को उपस्थिति रहेको थियो। कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद प्रदिप बिष्ट लगायत पार्टीका नेता तथा कार्यकर्ताको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अल्पसंख्यक समुदायलाई प्रतिनिधि सभासम्म पुर्‍याउने साहस गरेको भन्दै पार्टी सभापति रवि लामिछाने लाई धन्यवाद व्यक्त गरिन्। उनले अब संसदबाट पनि अल्पसंख्यक समुदायको आवाज सशक्त रूपमा उठान हुने बताइन्।

त्यस्तै, सांसद बिष्टले आफू काठमाडौं क्षेत्र नम्बर १० का जनताको पक्षमा काम गर्न निर्वाचित भएको उल्लेख गर्दै चन्द्रागिरि नगरमा पनि आगामी स्थानीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्व स्थापित हुने दाबी गरे। उनले आगामी निर्वाचनमा रास्वपाले मेयरसहित स्थानीय तहमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित पदाधिकारीहरूले चन्द्रागिरि नगरमा पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै संगठन सुदृढीकरण, जनसरोकारका विषय उठान तथा सक्रिय राजनीतिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved