मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा ६२ लाखभन्दा बढी सहयोग

सुनसरी । ‘मस्जिदबाट राहत सहयोग अभियान’ अन्तर्गत सुनसरी मुस्लिम समाजले बाढी–पहिरो प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ६२ लाख ४५ हजार ४९ रुपैयाँ सहयोग गरेको छ। समाजले आज उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको हो। त्यस्तै, कतारमा कार्यरत सुनसरी मुस्लिम समाज कतारले पनि बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। […]

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्डली, दमामबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रको जनजीवन तहसनहस बनेको छ। बाढीपहिरोले घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउँदा सयौँ परिवार विस्थापित भएका छन् भने कतिपय परिवार आफन्त गुमाएर शोकमा छन्। यस विपद्को घडीमा बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट […]

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख माननीय रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गर्नुभएको छ। उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिनुभएको हो। बाढीबाट प्रभावित नागरिकको […]

बाढीपीडितका लागि चितवनका ख्रीष्टियन चर्चद्वारा ४ लाख ७२ हजार सहयोग

चितवन । रसुवा, नुवाकोट तथा धादिङका बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनका ख्रीष्टियन चर्चहरू सेवामा जुटेका छन्। चितवन महानगरीय ख्रीष्टिय समाजमा आबद्ध विभिन्न चर्चहरूले बाढीपीडितको सहयोगका लागि भेटी सङ्कलन गरी आर्थिक सहयोग गरेका हुन्। समाजमा आबद्ध चर्चहरूले सामूहिक रूपमा सङ्कलन गरेको ४ लाख ७२ हजार १६२ रुपैयाँ बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत […]

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ मकवानपुरद्वारा ४ लाख सहयोग

मकवानपुर । भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुरले ४ लाख रुपैयाँ सहयोग गरेको छ। बाढीबाट प्रभावित तथा विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले महासंघले उक्त रकम सहयोग गरेको हो। राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रीय कार्यालयको निर्देशनअनुसार मकवानपुर शाखाले राहत सहयोग अघि बढाएको जनाएको छ। महासंघले विपद्का बेला […]

भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमको १० करोड रुपैयाँ सहयोग

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रूपमा १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। भदौ २४ गते आयोजित एक विशेष कार्यक्रमका बीच माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम […]

लायन्स क्लब अफ दुवाकोट भक्तपुरद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

भक्तपुर । विनाशकारी बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन्। विपद्को समयमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ दुवाकोट भक्तपुरले पनि आर्थिक सहयोग गरेको छ। क्लबले बाढीबाट प्रभावित नागरिकका लागि रु. ३८ हजार ४१० आर्थिक सहयोग उपलब्ध गराएको हो। बाढीका कारण […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ७२ लाख सहयोग

काठमाडौं । रसुवा सहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो। बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल […]

बाढीले चार जलविद्युत् आयोजनामा क्षति, बैंकहरूको साढे ६ अर्ब कर्जा जोखिममा

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका चार जलविद्युत् आयोजनामा क्षति पुगेपछि वाणिज्य बैंकहरूको करिब साढे ६ अर्ब रुपैयाँ कर्जा लगानी जोखिममा परेको छ। नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट बैंकहरूको कर्जा लगानी रहेका मैलुङ खोला, लाङटाङ खोला, त्रिशूली र रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको हो। संघका अनुसार रसुवाको ५ […]

बाढीबाट सडक पूर्वाधारमा ३० अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान

काठमाडौँ । हालैको विनाशकारी बाढी र पहिरोका कारण देशभरको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाढीबाट विशेषगरी रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अत्यन्तै गम्भीर र अकल्पनीय रहेको जानकारी दिए। क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणका लागि प्रारम्भिक […]