Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनहरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशन सम्पन्न : गोविन्द सापकोटा पुनः सर्वसम्मत सभापति चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2026
0 shares

मकवानपुर। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट गोविन्द सापकोटा पुनः सर्वसम्मत रूपमा पालिका सभापतिमा चयन भएका छन्। पार्टीका स्थानीय नेता–कार्यकर्ता, वडा प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न अधिवेशनले आगामी संगठनात्मक यात्राका लागि नयाँ ऊर्जा थपेको बताइएको छ।

स्थानीय तहमा संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका तथा कार्यकर्तामाझ स्थापित विश्वासका कारण सापकोटालाई पुनः नेतृत्वमा निरन्तरता दिइएको हो। प्रारम्भिक चरणमा उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै जिम्मेवारी नलिने संकेत गरेका थिए। तर वडा सभापतिहरू, प्रतिनिधिहरू तथा स्थानीय कार्यकर्ताहरूको व्यापक आग्रहपछि उनले पुनः नेतृत्व सम्हाल्ने निर्णय गरेका हुन्।

अधिवेशनबाट उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। नवगठित कार्यसमितिले गाउँपालिकाका सबै वडामा संगठन सुदृढीकरण, जनसहभागिता अभिवृद्धि तथा पार्टीका नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा बोल्ने अधिकांश प्रतिनिधिहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनविश्वास बढ्दै गएको उल्लेख गर्दै संगठनलाई अझ अनुशासित, सक्रिय र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित सभापति गोविन्द सापकोटाले आफूलाई पुनः विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता जनाए। उनले गाउँपालिकाका स्थानीय समस्या समाधान, युवाको सहभागिता वृद्धि, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। साथै उनले पार्टीको नीति, सिद्धान्त र जनभावनाअनुसार संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved