पाँच महिनादेखि शिक्षक सेवा आयोग पदाधिकारीविहीन, परीक्षा र बढुवाका काम ठप्प

काठमाडौँ । शिक्षक सेवा आयोग विगत पाँच महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका महत्वपूर्ण नीतिगत, प्रशासनिक तथा परीक्षा सम्बन्धी काम प्रभावित भएका छन् । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि गत वैशाख १८ गतेदेखि आयोग पदाधिकारीविहीन बनेको हो । पदाधिकारी नहुँदा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक हुन सकेको छैन भने नियमित कामसमेत प्रभावित भएको छ […]
हाम्रो नाम पछाडिको ‘थर ‘ कसरी रहन गयो ?

श्रीराम रानाभाट- पोखरा -हाम्रो नाम पछाडिको जुन थर छ त्यो कसरी रहन गयो? हामीले अजमाउँदै आएको गोत्र केलाई भनिन्छ र एउटै गोत्रमा विवाह गर्न किन हुँदैन र विवाह भए के हुन्छ ? हामीले आधुनिकताका नाउँमा, परिवर्तन हुने नाउँमा संस्कार बिर्सँदै गयौं । हाम्रा बाजेहरूले, हाम्रा बाबाआमालाई जे सिकाउनुभयो सायद हाम्रा आमाबुबाले बराबर पालना गर्नुभएन । […]
९२ निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रभित्र सञ्चालित ९२ वटा संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। विभागले अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका विद्यालयलाई आवश्यक कागजातसहित विवरण पेस गर्न ३५ दिने सूचना जारी गरेको हो। विभागका अनुसार प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका तर हाल […]
शिक्षा ऐन निर्माणका लागि कर्णालीमा शिक्षा संवाद, शिक्षक–कर्मचारीले राखे विभिन्न माग

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियानअन्तर्गत बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा शिक्षा संवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा करिब २७५ जना शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, संस्थागत विद्यालयका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय तहका शिक्षा शाखा प्रमुख, नेपाल शिक्षक महासङ्घ तथा विभिन्न शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधिको […]
प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किए नेकका विद्यार्थी

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरू इन्जिनियरिङको प्रमाणपत्रसँगै अनुसन्धान, प्रविधि, नवप्रवर्तन र समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किएका छन् । कलेजले आयोजना गरेको विदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विभिन्न विधाका विद्यार्थीलाई विदाइ गर्दै उनीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीप र प्रविधिलाई व्यवहारमा उतार्न आग्रह गरिएको हो । कलेजले २०२० […]
नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीले उपचारमा विशेष छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। साउन १८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। सम्झौताअनुसार […]
भक्तपुर नगरपालिकाले आइतबार विद्यालयमा नियमित पठनपाठन बन्द गर्ने निर्णय

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आगामी श्रावण १० गतेदेखि आइतबार नियमित पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको श्रावण ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। नगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) लगायत प्रचलित कानुनी व्यवस्था तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरूसँगको छलफलबाट प्राप्त सुझावका आधारमा […]
स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने

काठमाडौं। स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक आज काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे हिमालयन रेस्ट्रो तथा इभेन्ट को सभाहलमा सूचना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। बैठकमा सहभागी स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूले हाल लागू हुने तयारीमा रहेको शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३ का प्रावधानहरूबारे […]
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनले विद्यालय व्यवस्थापन समितिको अधिकार संकुचित गरेको, समुदायको भूमिकालाई कमजोर बनाएको तथा सार्वजनिक शिक्षालाई थप चुनौतीमा पारेको भन्दै तत्काल संशोधन सच्याउन सरकारसँग माग गरेको छ। अनामनगरस्थित शिक्षा पत्रकार समूहको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले नियमावलीका विभिन्न प्रावधानप्रति महासंघको […]
राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा विपन्न विद्यार्थीका लागि रु १ लाख १ हजारको अक्षयकोष स्थापना

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न, अभिभावकविहीन तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो तलबभत्ताबाट रु १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका छन्। गाउँपालिकाअन्तर्गत रहेको सर्वोदय माध्यमिक विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग प्रदान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। […]
