सामाजिक अन्तर्संघर्ष समाधान गर्न सक्ने नेतृत्व आवश्यक : साजन विक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्य पदका उम्मेदवार साजन विक ले नेपाली समाजमा विद्यमान सामाजिक अन्तर्संघर्षहरू समाधान गर्न सक्ने नेतृत्व पार्टीको अग्रपंक्तिमा आउनुपर्ने बताएका छन्। आगामी महाधिवेशनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै विकले नेपालमा अझै पनि जातीय, वर्गीय, क्षेत्रीय तथा विभिन्न सामाजिक विभेदका कारण अनेकौँ अन्तर्संघर्षहरू विद्यमान रहेको उल्लेख […]
रास्वपाको केन्द्रीय समिति बैठक आज चितवनमा, महाधिवेशन तयारी मुख्य एजेन्डा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनमा बस्दैछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरस्थित होटल सीएमटीको बैठक हलमा आयोजना गरिएको छ। बैठकमा आगामी राष्ट्रिय महाधिवेशनको तयारीलाई मुख्य प्राथमिकताका साथ छलफल गरिने जनाइएको छ। साथै महाधिवेशन प्रतिनिधि चयन, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदन, पार्टी विधान संशोधन […]
ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई चिनियाँ दूतावासद्वारा एम्बुलेन्स हस्तान्तरण

प्रेम जैरु, काठमाडौ । नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरूले गोल्कुपाखा पिपलबोट ठमेलमा रहेको ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेका छन्। अस्पताल परिसरमा आयोजित एक विशेष समारोहका बीच दूतावासका अधिकारीहरूले अस्पताल व्यवस्थापनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालमा रहेका चिनियाँ नागरिक, अन्य पर्यटक तथा स्थानीय समुदायलाई समयमै स्वास्थ्य सेवा उपलब्ध […]
नेपाल–यूएई सम्बन्ध थप सुदृढ बनाउन सभामुख अर्यालको जोड, भिसा प्रक्रिया सहज बनाउन आग्रह

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको आर्थिक, व्यापारिक तथा विकास साझेदारीलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। नेपालका लागि यूएईका राजदूत महामहिम अब्दुल्ला जरवान अल शम्सीसँग बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा सभामुख अर्यालले यूएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार […]
लुम्बिनीमा एमालेको प्रदेशस्तरीय बैठक सुरु हुँदै, संगठन पुनःगठन र निर्वाचन समीक्षा मुख्य एजेन्डा

दाङ । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित लुम्बिनी प्रदेशस्तरीय बैठक आयोजना गर्ने भएको छ। पार्टी पुनःगठन अभियान र पछिल्लो निर्वाचनको समीक्षा बैठकका प्रमुख एजेन्डा रहने जनाइएको छ। कोशी प्रदेशमा यस्तै कार्यक्रम सम्पन्न गरेपछि एमालेको केन्द्रीय नेतृत्व टोली लुम्बिनी प्रदेशमा केन्द्रित भएको हो। कपिलवस्तुको चनौटामा हुने बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ। […]
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज, महाधिवेशन तयारीबारे महत्वपूर्ण निर्णय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि आवश्यक कार्यतालिका पारित गर्ने तयारी गरेको छ। साथै, पार्टीको संशोधित विधानको मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने […]
रास्वपा केन्द्रीय महाधिवेशन : विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका उप-प्रमुख डा. अभिजित गुप्ताकाे केन्द्रीय सदस्य पदमा उमेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका उप-प्रमुख डा. अभिजित गुप्ताले आगामी असार ७, ८ र ९ गते चितवनमा सम्पन्न हुने पार्टीको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। पार्टीभित्र प्रविधिमैत्री संगठन निर्माण, प्रभावकारी सञ्चार प्रणालीको विकास तथा वैज्ञानिक सोचमा आधारित नीति निर्माणका पक्षमा निरन्तर […]
सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं। सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा विकासका विविध विषयमा छलफल भएको छ। भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध आपसी सम्मान, विश्वास र सार्वभौमिक समानतामा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको मित्रवत् सम्बन्धलाई उच्च महत्व […]
सार्वजनिक सुनुवाइ गर्न संस्थालाई ठेक्का: स्थानीय सरकारको असक्षमता कि जिम्मेवारीबाट पलायन?

काठमाडौं। स्थानीय सरकारलाई संविधानले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा परिकल्पना गरेको छ। विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको नेतृत्व गर्ने जिम्मेवारी स्थानीय तहकै काँधमा छ। तर भक्तपुर, खाेटाङ लगायत देशका विभिन्न स्थानीय तहमा सार्वजनिक सुनुवाइजस्तो आधारभूत र कानुनी दायित्वसमेत आफैं सञ्चालन गर्न नसकी अन्य बाह्य निकाय ( छुट्टै पत्रकारहरुका ) काे सहारा लिने […]
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन […]
