Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2026
18.3K shares

हिमांशु राय,बेलबारी-मोरङ । मोरङको बेलबारी नगरपालिका मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेर श्रम संस्कृति पार्टीलाई रोजेकाछन।

पार्टीको संगठनात्मक ढाँचा र कार्यशैली बाट बितृष्णा भए पछि सामुहिक रुपमा पार्टी छोडिएको बताएका छन्। राजनीतिक दास मनोवृत्ति,गुटबन्दी र एकाधिकारबादी कार्यशैली,बाट आजित र असन्तुष्ट बनेका कार्यकर्ताहरुले पार्टी सुदृढिकरणको लागि पहल गरि नेतृत्वलाई पटक पटक खवरदारी गर्दा सम्म पनि कार्यकर्ताहरुको कुनै कुरा सुनुवाई नभई बरु उल्टै कार्यकर्ताहरुलाई नै बाईपास र बहिस्कार गर्ने परिपाटी हैकमवादी शैली चरमउत्कर्षमा पुगेकोले यस्तो निरंकुश शैलीप्रति कडा कटाक्ष गर्दै उनिहरुले सामुहिक रुपमा वर्तमान हर्क साम्पाङको नेतृत्व को श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा भनिए अनुसार पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, नगर सदस्य, वडा सदस्य तथा सङ्गठित सदस्यहरू रहेका छन् । उनीहरूले आफूहरू आजको मितिदेखि नेकपासँग कुनै सम्न्धमा नरहने सम्पूर्ण सदस्यता अनि राजनैतिक सम्बन्ध समाप्त भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पार्टी परित्याग गर्ने नेताहरूले आफूहरूमध्ये अधिकांश विगतको नगर अधिवेशनबाट लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचित भएको तर पार्टी एकीकरणपछि समायोजनका नाममा कुनै छलफल, संवाद वा जानकारीबिना निर्वाचित जिम्मेवारीबाट एक्कासी हटाइएको प्रती घोर आपत्ति जनाउदै आरोप लगाएका छन् ।

पार्टीको नीति नियम विधि,पद्धति र सिद्धान्तलाई समेत नेतृत्वले लत्याएर लोकतन्त्रकै उपहास गरेको र यसले समस्त कार्यकर्ताहरु ठुलो पीडा हिनता महशुष भएको उनिहरुको स्पष्टयोक्ती छ।


आज मोरङको बेलबारी नगरपालिका वडा नम्वर-११,लक्ष्मीमार्ग स्थित श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ कार्यकर्ता भेटघाट कार्यक्रममा उपस्थिति रहेको समयमै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि श्रम संस्कृतिमा प्रवेश गर्नेहरुमा

बेलबारी नगरपालिका का तिलकप्रसाद राई, मनकुमार गुरुङ, रामकुमार राई, सन्देश तामाङ, सन्जोग राई, शर्मिला लुंगेली मगर,खड्गबहादुर सुन्दास,दिल तामाङ लगायत केन्द्रीय, प्रदेश, नगर तथा विभिन्न तहका जिम्मेवारीमा रहेका नेताहरू को नाम विज्ञप्तिमा उल्लेख छ।

एक नेताका अनुसार अन्य बाँकी रहेकाहरु पनि ठूलो संख्यामा रहेको र उनिहरु पनि पार्टी परित्याग गरि श्रम संस्कृति पार्टीमा समाहित हुने साथै अबका बाँकी राजनीति यात्रा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मार्फत अघि बढाउने योजना रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved