Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2026
25.5K shares

✍️ दिपेश श्रेष्ठ । नेपालको प्रजातान्त्रिक आन्दोलनका महानायक, जननिर्वाचित पहिलो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वैचारिक आधारस्तम्भ विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रताका पक्षमा जीवनभर अडिग रहनुभएका बीपीले जेल, निर्वासन र राजनीतिक दमनका बीच पनि आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता गर्नुभएन। उहाँले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति, लोकतान्त्रिक संस्कार र राष्ट्रिय एकताको दर्शन आज पनि नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत मानिन्छ।

बीपी कोइरालाले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा मात्र होइन, लोकतान्त्रिक आन्दोलनको सशक्त संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। बहुदलीय लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारको संरक्षण र समाजवादी विचारलाई नेपाली राजनीतिमा संस्थागत गर्ने उहाँको योगदान ऐतिहासिक मानिन्छ।

राष्ट्रको हितलाई व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि राख्नुपर्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ।
तर, बीपीले वैचारिक एकता र लोकतान्त्रिक संस्कारमा उभ्याएको कांग्रेस आज आन्तरिक गुटबन्दी र शक्ति संघर्षले ग्रसित भएको स्पष्ट छ। पार्टीभित्र सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको नेतृत्वमा फरक–फरक राजनीतिक धार देखिनु, नेतृत्वबीच बढ्दो ध्रुवीकरण र संगठनभित्रको प्रतिस्पर्धाले कांग्रेस व्यवहारतः दुई ध्रुवमा विभाजित भएको प्रमाणित नै गरिसकेकाे छ। यसले बीपीले परिकल्पना गरेको विचारप्रधान, एकताबद्ध र जनमुखी कांग्रेसको छविमाथि प्रश्न उठाएको पक्कै छ।

बीपीको स्मृति दिवसका अवसरमा उहाँका विचार र योगदानको व्यापक चर्चा भइरहे पनि ती आदर्श व्यवहारमा कति लागू भएका छन् भन्ने प्रश्न भने अझै जीवित छ। बीपीले जोड दिनुभएको आन्तरिक लोकतन्त्र, सहिष्णुता, राष्ट्रिय मेलमिलाप र संगठनात्मक एकताभन्दा गुटगत प्रतिस्पर्धा हाबी भएको आरोप कांग्रेसभित्रैबाट समेत सुनिने गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीका सबै नेताले व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर बीपीको विचारलाई व्यवहारमा उतार्न सके मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न सक्नेछ।

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइरहँदा एउटा प्रश्न भने स्वाभाविक रूपमा उठिरहेको छ—लोकतन्त्र, राष्ट्रियता, समाजवाद र राष्ट्रिय मेलमिलापको सपना देखेर कांग्रेसलाई वैचारिक उचाइमा पुर्‍याउने बीपी, आजको विभाजित कांग्रेसको अवस्था देख्दा स्वर्गबाट पनि खुसी हुनुहुन्छ त? पार्टीभित्र देखिएको ध्रुवीकरण, नेतृत्वबीचको दूरी र एकताभन्दा शक्ति संघर्षले प्राथमिकता पाएको वर्तमान अवस्थाले बीपीले देखेको कांग्रेसको सपना अझै अधुरो रहेको अनुभूति कार्यकर्तामा देखिएकाे छ।

बीपीप्रति सच्चा श्रद्धाञ्जली केवल स्मृति दिवस मनाउनु वा माल्यार्पण गर्नुमा सीमित नभई उहाँले देखाएको लोकतान्त्रिक मूल्य, राष्ट्रिय मेलमिलाप र संगठनात्मक एकताको मार्गमा कांग्रेसलाई पुनः उभ्याउन सक्नुमा निहित रहेको मेराे छ।

लेखक श्रेष्ठ स्वतन्त्र कलम चलाउने पत्रकार हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved