Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौं–१० मा रास्वपाको बधाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2026
7.4K shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नं. १० ले प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टको प्रमुख आतिथ्यमा बधाई, शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

निर्वाचन क्षेत्रीय समिति काठमाडौं क्षेत्र नं. १० को आयोजनामा कीर्तिपुर नगरपालिका–५ स्थित केएनएस किचेन एण्ड बैंक्वेटमा आयोजित कार्यक्रममा सांसद बिष्टलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै क्षेत्रका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकबीच परिचयात्मक अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बिष्टले जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या र अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा रास्वपाका केन्द्रीय विभागका सदस्य, काठमाडौं जिल्ला समिति, नगर समिति तथा विभिन्न वडा सभापतिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकको समेत उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमले संगठनभित्र आपसी समन्वय, एकता र परिचय विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। रास्वपाले आगामी दिनमा पनि जनतासँग प्रत्यक्ष संवाद र संगठन सुदृढीकरणका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved