एमाले खोटाङको दशौं पूर्ण बैठक सम्पन्न, मिसन जागरण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय

दिक्तेल। नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको दशौं पूर्ण बैठक दिक्तेलमा सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा केन्द्रले अघि सारेको ‘मिसन जागरण अभियान’लाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रगानबाट सुरु भएको बैठक जिल्ला अध्यक्ष देवबिक्रम राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष कुमार आचार्यले स्वागत मन्तव्य राख्नुभएको […]
रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज साँझ हुने भएको छ। पार्टीले जारी गरेको सूचनाअनुसार शपथग्रहण कार्यक्रम साँझ ६ः३० बजे महाधिवेशनस्थलको सभाहलमा आयोजना गरिनेछ। रास्वपाले पहिलोपटक आयोजना गरेको राष्ट्रिय महाधिवेशनबाट शनिबार निर्वाचन प्रक्रियामार्फत ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि […]
रास्वपाको केन्द्रीय सदस्यमा रूकेश रञ्जितको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रूकेश रञ्जितले केन्द्रीय सदस्य (खुल्ला) पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको संगठनात्मक सुदृढीकरण, सुशासन र वैकल्पिक राजनीतिक अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको रञ्जितले बताएका छन्। रञ्जित रास्वपाका सक्रिय तथा लोकप्रिय युवा नेतामध्ये एक […]
रास्वपाको प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। लामिछानेलाई सभापतिको उम्मेदवारका रूपमा बालेन शाह ले प्रस्ताव गरेका थिए। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै पार्टीले संगठन सुदृढीकरण, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई थप प्रभावकारी ढंगले अघि […]
रास्वपाको उपसभापतिमा इन्दिरा राना मगरको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व उपसभामुख इन्दिरा राना मगर ले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनले महिला उपसभापति पदका लागि उम्मेदवारी दिएको जानकारी दिँदै प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मत मागेकी छन्। रास्वपाको विधानअनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था रहेको छ। तीमध्ये एक पदमा महिला अनिवार्य गरिएको छ। सोही […]
युवा नेतृत्वको पक्षमा मत दिन साजन विकेको आह्वान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दलित क्लस्टर मार्फत केन्द्रीय सदस्य पदका उम्मेदवार साजन विकले प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी बनाउन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनलाई पार्टीको भावी नेतृत्व र दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै विवेकपूर्ण मत प्रयोग गर्न आग्रह गरेका हुन्। विकेले पार्टीभित्र युवा […]
महाधिवेशन प्रतिनिधिको शुल्क नलिने रवि लामिछानेको निर्देशन, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग लिइँदै आएको प्रतिनिधि शुल्क नलिन पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। चितवनमा जारी महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई मध्यनजर गर्दै लामिछानेले प्रतिनिधिहरूले बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क अब अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। साथै, यसअघि शुल्क बुझाइसकेका आर्थिक रूपमा […]
सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा शक्तिशाली नेताहरू ?

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेसँगै नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा पौडेललाई नियन्त्रणमा लिएपछि यस घटनाले राष्ट्रिय राजनीतिमा व्यापक चर्चा पाएको छ। यसैबीच, पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि पनि सम्पत्ति शुद्धीकरण विभागको निगरानी रहेको चर्चा सार्वजनिक हुन थालेपछि राजनीतिक माहोल थप तातेको छ। यद्यपि, […]
रास्वपा महाधिवेशनमा संविधान संशोधनदेखि वैकल्पिक राजनीतिको बहस, नेताहरूले दिए शुभकामना

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोह विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी नेताहरूले रास्वपाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै संविधान संशोधन, सुशासन र वैकल्पिक राजनीतिको आवश्यकता बारे धारणा राखेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले रास्वपालाई संविधान संशोधनको […]
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा प्रधानमन्त्री बालेनसहित शीर्ष नेताहरू सहभागी हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरका सातै प्रदेश, ७७ जिल्ला तथा ७५३ स्थानीय तहबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू चितवन पुगिसकेको रास्वपाले जनाएको छ। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ। उद्घाटन समारोहमा ठूलो जनसहभागिता हुने अपेक्षा […]
