देवदहमा ‘श्रम संस्कृति पार्टी’को विस्तार: जस बहादुर पुनको नेतृत्वमा ३३ सदस्यीय नगर समिति गठन

काठमाडौं  । स्थानीय राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा श्रम संस्कृति पार्टी ले देवदहमा आफ्नो सांगठनिक उपस्थितिलाई सुदृढ बनाएको छ। शनिबार आयोजित पार्टी समर्थकहरूको विशेष भेलाले जस बहादुर पुनको संयोजकत्वमा नयाँ नगर तदर्थ समिति गठन गरेको घोषणा गरेको हो। पार्टीका जिल्ला संयोजक छविलाल गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले देवदहको समग्र विकास र श्रम संस्कृतिको प्रवर्द्धन गर्ने […]

२६ वर्षमै उपसभामुख: रुबी कुमारी ठाकुरको ऐतिहासिक जित

काठमाडौं । संघीय संसदको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर बहुमतसहित निर्वाचित भएकी छन्। कुल २५६ जना सांसद सहभागी भएको मतदानमा उनले २२९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेकी हुन्। उपसभामुखका लागि प्रतिस्पर्धामा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामाले भने केवल ५ मत मात्र प्राप्त गरिन्, जुन कुल मतको […]

२५ वर्षमै उपसभामुख बन्ने तयारीमा रुबीकुमारी ठाकुर

काठमाडौं । श्रम–संस्कृति पार्टीकी युवा समानुपातिक सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चितप्रायः भएपछि यतिबेला राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिएको छ। विभिन्न दलहरूबीच सहमति जुट्दै गएको र विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन घोषणा गरेपछि ठाकुरको उम्मेदवारी बलियो बनेको हो। २५ वर्षीया ठाकुरको राजनीतिक उचाइसँगै उनको लोकप्रियता पनि तीव्र रूपमा बढिरहेको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक […]

भक्तपुरमा स्वास्थ्य तथा खानेपानी आयोजनाबारे मन्त्रीसँग रुकेश रंजितको छलफल

काठमाडौं । माननीय रुकेश रंजित र स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताबीच आज मन्त्रालयमा महत्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। भेटमा विशेषगरी भक्तपुर जिल्लाका स्वास्थ्य र खानेपानीसँग सम्बन्धित बहुप्रतीक्षित योजनाहरूको विषयमा केन्द्रित छलफल भएको जनाइएको छ। छलफलका क्रममा नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजना प्राथमिकतामा परेको थियो। उक्त आयोजनाले स्थानीय स्तरमा […]

सीमा क्षेत्रमा विकास केन्द्रित गर्नुपर्ने साम्पाङको जोड

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सीमावर्ती भूभागमा विकासका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय स्वाधीनता सुदृढ बनाउन सीमा क्षेत्रमा पूर्वाधार, सेवा र राज्यको उपस्थितिलाई थप मजबुत बनाउनुपर्ने उनले बताएका छन्। उत्तरपश्चिमी जिल्ला दार्चुला पुगेर उनले छिमेकी देशतर्फ तीव्र गतिमा पूर्वाधार विकास भइरहेको उल्लेख गर्दै नेपाली भूभागमा अपेक्षित ध्यान नपुगेको […]

धामीले सोधे, भाउजू भनेर अगाडि-पछाडि लाग्नेहरू कहाँ गए ?

कैलाली । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पार्टीका नेता शेरबहादुर देउवा तथा आरजू राणा देउवामाथि आक्रमण हुँदा उनीहरू निकटका नेताहरूले त्यसविरुद्ध कुनै आवाज उठाउन नसकेको बताएका छन्। आजको प्रदेश सभा बैठकमा उनले आफ्नै नेतृत्वमाथि कुटपिट हुँदा पनि निकटका व्यक्तिहरू मौन रहेको संकेत गरेका थिए। ‘मेरो पार्टीका नेता शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, […]

खोटाङको विकासे योजनाबारे प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल

खोटाङ — जिल्लाको समग्र विकाससँग सम्बन्धित विविध मुद्दाहरूलाई लिएर उच्च तहमा महत्वपूर्ण पहल भएको छ। खोटाङ जिल्लाको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा राष्ट्रिय गौरवको आयोजना दूधकोशी हाइड्रोपावर लगायतका योजनाहरूमा देखिएका समस्याबारे केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ। यसै सन्दर्भमा माननीय आरेन राई र श्रम संस्कृति पार्टि खाेटाङ जिल्ला अध्यक्ष प्रताप राईले सम्माननीय प्रधानमन्त्री […]

यो बुढो रुख त्यो बुढो रुख

विश्वास पराजुली। नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त कतै अटल उभिएर साहरा दिने काम गर्छन । रुपान्तरण त मानौ त्यै रुखले देखेको छ । बुट्यान, वयस्क हुँदै बुढो […]

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले औपचारिक रूपमा दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो दलले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका हुन्। सभामुख निर्विरोध चयन भइसकेपछि अब उपसभामुखको निर्वाचनतर्फ ध्यान केन्द्रित भएको उनको भनाइ छ। साम्पाङले आफ्नो स्टाटसमार्फत सभामुख चयनप्रति बधाई व्यक्त गर्दै अब उपसभामुख पदमा […]

थापाले संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेको असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो-सबै दोष अरूलाई! हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार […]