जनताले दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्नेछाैँ: रास्वपा सभापति लामिछाने

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गर्नुभयो । “हामी प्रश्न गरेर यो ठाउँमा आएका […]

प्रतिनिधि सभामा हर्ककाे स्पष्ट र निर्भीक आवाज—“लगामबिनाको घोडा” आरोपलाई व्यवहारले दिए जवाफ

दिपेश श्रेष्ठ, काठमाडौं — प्रतिनिधि सभाको आजको बैठकमा सांसद हर्क साम्पाङले प्रस्तुत गरेको शैली र धारणा चर्चाको केन्द्र बनेको छ। उनलाई “लगामबिनाको घोडा” भन्दै आलोचना गर्नेहरूलाई आजको बैठकले व्यवहारिक जवाफ दिएको देखिएको छ। बैठकमा उनले जनप्रतिनिधिहरू अझ अनुशासित हुनुपर्ने आवश्यकता औंल्याउँदै समयको महत्त्वबारे स्पष्ट रूपमा ध्यानाकर्षण गराएका थिए। बैठकका क्रममा विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखे […]

पहिलाे सदनमै हर्कले उठाए MCC खारेजकाे बिषय

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पहिलो संसदीय सम्बोधनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको मुद्दा उठाएका छन् । संसद चल्नुभन्दा अगाडि यही माग राख्दै आएका साम्पाङले नेपाल कुनै पनि देशको सामरिक पक्षमा हुनु नहुने भन्दै एमसीसी खारेजको प्रस्ताव राखेका हुन् । साम्पाङले संयुक्त राष्ट्रसंघमा गएर नेपालको सिमाना कायम हुनुपर्ने […]

सिंह दरबार बदल्न जनताले हामीलाई पठाकाे हाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफ्नो पार्टीलाई जनताले केवल सिंहदरबार चलाउने होइन, त्यसलाई रूपान्तरण गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले आफूहरूले परिवर्तनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै अब प्रणाली सुधारको दिशामा अघि बढ्ने स्पष्ट पारे। “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं,” लामिछानेले भने। […]

फागुन २१ पछि प्रतिनिधिसभा सदस्यको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए […]

सर्वसाधारणका गुनासा सुन्न गृहमन्त्री गुरुङको पहल, न्यायमा पहुँच अझै कठिन भएको नागरिकको गुनासो

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित मन्त्रालयमै नागरिकलाई बोलाएर समस्या सुन्ने पहल गरेका छन्। उक्त कार्यक्रममा विशेषगरी विभिन्न गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा, अन्यायका अनुभव र राज्य सेवाप्रति देखिएका समस्या गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने क्रममा अधिकांश सहभागीहरूले नेपालमा अझै पनि न्याय पाउन सहज नभएको गुनासो गरेका छन्। उनीहरूले शक्ति र […]

हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौं, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौं, : सभापति रवि लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कासभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताएका छन्। बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावका बेला सार्वजनिक गरिएको वाचा–पत्रअनुसार नै सरकार अघि बढ्ने दाबी गरे। ‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौं, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौं,’ लामिछानेले भने। […]

सुबास पुत्र सुहाङकाे त्याे राजनितीक संस्कार

काठमाडौँ । पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भए । बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध निर्वाचित गर्यो । उमेरले ७० वर्ष लागेका बादललाई ३६ वर्षका युवा नेता सुहाङ नेम्वाङले चुनौती दिएका थिए । बदललाई सर्वसम्म नेता बनाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने […]

चैत २२ देखि मतदाता नामावली अद्यावधिक सुरु, छुटेकालाई सुनौलो अवसर

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत २२ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु गर्ने घोषणा गरेको छ। यस निर्णयसँगै विभिन्न कारणले नाम दर्ता गर्न छुटेका नागरिकहरूले पुनः आफ्नो नाम मतदाता सूचीमा समावेश गराउने अवसर पाएका छन्। आयोगले सबै योग्य नागरिकलाई समयमै उपस्थित भई आफ्नो अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ। आयोगका […]

ओली पक्राउ प्रकरण : “अरुलाई पुर्ने खाल्डो खन्दा आफैं पुरिने अवस्था नआओस्” — गोकुल बास्कोटा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणले राजनीतिक वृत्तमा तीव्र तरंग सिर्जना गरिरहेको बेला एमाले नेता गोकुल बास्कोटा ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले फेसबुक स्टाटस लेख्दै वर्तमान घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै कानुनी प्रक्रिया र विधिको शासनको पालना गर्न जोड दिएका छन्। बास्कोटाले आफ्नो स्टाटसमा “अरुलाई पुर्ने खाल्डो […]