Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“ग्रेटर नेपाल” बहसलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने भरत गिरीको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 10, 2026
0 shares

काठमाडौं । आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरी ले नेपालले राष्ट्रिय हित, सार्वभौमिकता र ऐतिहासिक वास्तविकतालाई केवल भावनात्मक दृष्टिकोणबाट होइन, दीर्घकालीन रणनीति र दूरदृष्टिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले वर्तमान समयमा नेपालमा लिपुलेक र लिम्पियाधुराको विषयमा मात्र केन्द्रित बहस भइरहेको उल्लेख गर्दै इतिहासको व्यापक सन्दर्भमा “ग्रेटर नेपाल” को मुद्दामाथि गम्भीर अध्ययन, अनुसन्धान र कूटनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

गिरीले ब्रिटिस साम्राज्यले उपनिवेशवादी शक्तिको प्रयोग गरी नेपालका विभिन्न भूभाग कब्जा गरेको दाबी गर्दै ब्रिटिस भारतबाट बाहिरिँदा नेपालले आफ्नो ऐतिहासिक भूभागबारे सशक्त राष्ट्रिय बहस र कूटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार सतलजदेखि टिस्टासम्मको ऐतिहासिक सन्दर्भ नेपाली जनताको भावना र राष्ट्रिय इतिहाससँग जोडिएको विषय हो।

उनले नेपालले कसैको भूमि नचाहेको स्पष्ट पार्दै आफ्नो ऐतिहासिक तथा वैधानिक अधिकारको विषय उठाउनु विस्तारवाद नभई राष्ट्रिय स्वाभिमानको विषय भएको बताए। नेपाल सरकारले केवल लिपुलेक–लिम्पियाधुराको सीमित बहसभन्दा माथि उठेर “ग्रेटर नेपाल” सम्बन्धी ऐतिहासिक बहसलाई अन्तर्राष्ट्रिय स्तरमा अध्ययन र कूटनीतिक माध्यमबाट उठाउनुपर्ने उनको भनाइ छ।

गिरीले भावनात्मक दबाबमा हतारमा गरिने कुनै पनि सम्झौताले भविष्यमा नेपालको ऐतिहासिक दाबी कमजोर बन्न सक्ने चेतावनीसमेत दिएका छन्। “सानो भूभागको खोजीमा ठूलो ऐतिहासिक अधिकार गुम्न नदिन सरकार गम्भीर हुनुपर्छ,” उनले भने।

उनले नेपाललाई आर्थिक, सैनिक, कूटनीतिक तथा प्राविधिक रूपमा सशक्त र आत्मनिर्भर राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै बलियो राष्ट्र बनेपछि मात्र इतिहाससँग सम्बन्धित बाँकी प्रश्नहरू सम्मानजनक रूपमा उठाउन सकिने धारणा राखे।
“कमजोर राष्ट्रको आवाज संसारले कम सुन्छ, तर शक्तिशाली राष्ट्रको इतिहास पनि सुनिन्छ र अधिकार पनि स्थापित हुन्छ,” गिरीको भनाइ छ।

उनले वर्तमान सरकार तथा राष्ट्रिय स्वाभिमानका विषयमा बोल्ने राजनीतिक नेतृत्वसँग यस विषयमा गम्भीर राष्ट्रिय बहस र पहलको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved