रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

भक्तपुर।  स्थानीय विकास, सुशासन, पारदर्शिता र जनताका प्राथमिक आवश्यकताका विषयमा विज्ञहरूको सुझाव तथा अनुभव आदान–प्रदान गर्ने उदेश्यले रास्वपा चाँगुनारायण नगर समितिले यही आउदो शनिवार विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको हो । यस छलफलले आगामी नीति निर्माण र कार्ययोजनामा सकारात्मक दिशा दिने विश्वास लिइएको नगर सभापती रोशन थापाले जानकारी दिनुभयो । नगरको समग्र विकासका लागि दीर्घकालीन […]

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले भोलि (आइतबार) दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेका हुन् । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार, जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता […]

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ । दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट अडान

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबि कुमारी ठाकुरले मधेस क्षेत्रमा अझै कायम रहेको दाइजो प्रथाविरुद्ध कडा धारणा सार्वजनिक गरेकी छन्। उनले पछिल्लो समय आफूलाई प्राप्त भएका विवाहका निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने उल्लेख नदेखिएको भन्दै समाज अझै पूर्ण रूपमा यो कुरीतिबाट मुक्त हुन नसकेको संकेत गरेको बताएकी हुन्। ठाकुरले दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको […]

सैन्य गठबन्धनबाट टाढै रहने सरकारको अडान, असंलग्न नीतिलाई थप मजबुत बनाउने घोषणा

काठमाडौं । सरकारले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा समावेश नगरी स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा स्थापित गर्ने राष्ट्रिय प्रतिबद्धता दोहोर्‍याएको छ। सरकारको यस धारणा अनुसार नेपालको परराष्ट्र नीति सन्तुलित, सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र निर्णय क्षमतामा आधारित रहने स्पष्ट गरिएको छ। सरकारले असंलग्न आन्दोलनको मूल मर्मअनुसार कुनै पनि शक्ति राष्ट्रबीचको प्रतिस्पर्धामा नपर्ने र आफ्नो […]

काठमाडौं क्षेत्र नं. १० को विकासका लागि सांसद बिष्टको सक्रिय पहल

काठमाडौं । क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग महत्वपूर्ण भेटवार्ता गर्दै आफ्नो निर्वाचन क्षेत्रको समग्र विकाससँग सम्बन्धित विविध एजेन्डाहरू प्रस्तुत गरेका छन्। भेटवार्तालाई क्षेत्रीय विकासका लागि रणनीतिक पहलका रूपमा हेरिएको छ। सांसद बिष्टले क्षेत्र नं. १० का नागरिकहरूको दीर्घकालीन हितलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, सडक विस्तार तथा स्तरोन्नति, […]

भक्तपुरका विकास एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजितले उठाए १२ बुँदे प्रमुख मुद्दा

काठमाडौं। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटघाटका क्रममा माननीय रुकेश रंजितले भक्तपुरको समग्र विकास, पूर्वाधार सुधार तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित १२ वटा महत्वपूर्ण विषयहरू प्रस्तुत गरेका छन्। भेटमा रंजितले दीर्घकालीन योजना, बजेट विनियोजन र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै स्पष्ट एजेन्डा अघि सारेका हुन्। रंजितले सर्वप्रथम ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक तत्काल संसदमा ल्याई पारित गर्न आग्रह […]

दोलखामा मुद्रा संग्रहालय हस्तान्तरण : पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

दोलखा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा संग्रहालय आज दोलखाको भिमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीय तहको सहभागितामा निर्माण सम्पन्न उक्त संग्रहालय पर्यटन तथा सांस्कृतिक संरक्षणको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मन्त्री सुरेश श्रेष्ठ, मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी तथा आयोजना इकाइ कार्यालय काठमाडौंका प्रमुख उत्तम […]

रुवी उपसभामुखसँगै संवैधानिक परिषदमा हर्कको प्रभाव बढ्यो

काठमाडौं।  धनुषाकी रुवीकुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित भएसँगै श्रम संस्कृति पार्टीको प्रभाव राज्यका प्रमुख संवैधानिक निकायसम्म विस्तार भएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङको परोक्ष उपस्थिति अब संवैधानिक परिषदसम्म पुगेको छ। प्रतिनिधिसभामा ७ सदस्यसहित राष्ट्रिय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टीले पहिलोपटक उच्च संवैधानिक संरचनामा प्रभाव जमाएको हो। धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका हर्क साम्पाङ अब प्रत्यक्ष नभए […]

२१ घण्टे वार्ता निष्कर्षविहीन: अमेरिका–इरानबीच परमाणु मुद्दामा सहमति जुटेन

अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा लामो समयसम्म चलेको उच्चस्तरीय वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले वार्ता असफल भएको पुष्टि गर्दै इरानले वाशिङ्टनका प्रमुख सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको बताएका छन्। भान्सका अनुसार वार्ताको मुख्य एजेन्डा इरानको परमाणु कार्यक्रम नै रहेको थियो। अमेरिकाले इरानले भविष्यमा परमाणु हतियार विकास नगर्ने स्पष्ट […]