काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा सञ्चारकर्मीलाई बस्न रोक लगाइएको छ । बिहीबार (वैशाख २४) समितिको बैठक सिंहदरबारस्थित सभाकक्षमा बसेको छ ।
बैठक सुरु भएपछि एकैछिन सञ्चारकर्मीलाई फोटो र भिडियो खिच्न दिइएको थियो । त्यसपछि पत्रकारलाई बैठककक्षबाट बाहिर जान भनिएको थियो ।

सभापति डा. बोधनारायण श्रेष्ठले बैठकमा समितिको कार्यविधिलगायत विषयमा छलफल गरिने बताए । त्यसपछि उनले पत्रकारलाई बाहिर निस्कन भने ।
विगतमा समिति बैठकमा पत्रकारलाई बस्न दिइन्थ्यो । पूरा अवधि बस्न र निर्बाध रूपमा सूचना संकलन गर्न निषेध गरिँदैन थियो ।










