सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं। सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा विकासका विविध विषयमा छलफल भएको छ। भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध आपसी सम्मान, विश्वास र सार्वभौमिक समानतामा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको मित्रवत् सम्बन्धलाई उच्च महत्व […]
सार्वजनिक सुनुवाइ गर्न संस्थालाई ठेक्का: स्थानीय सरकारको असक्षमता कि जिम्मेवारीबाट पलायन?

काठमाडौं। स्थानीय सरकारलाई संविधानले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा परिकल्पना गरेको छ। विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको नेतृत्व गर्ने जिम्मेवारी स्थानीय तहकै काँधमा छ। तर भक्तपुर, खाेटाङ लगायत देशका विभिन्न स्थानीय तहमा सार्वजनिक सुनुवाइजस्तो आधारभूत र कानुनी दायित्वसमेत आफैं सञ्चालन गर्न नसकी अन्य बाह्य निकाय ( छुट्टै पत्रकारहरुका ) काे सहारा लिने […]
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन […]
१७ प्रकारका व्यवसायमा पब्लिक कम्पनी अनिवार्य बनाउने प्रस्ताव, स्टार्टअपलाई ४० प्रतिशतसम्म ‘स्वेट शेयर’ दिने व्यवस्था

काठमाडौँ । सरकारले कम्पनी कानूनलाई समयानुकूल बनाउन तयार पारेको नयाँ विधेयकमार्फत १७ प्रकारका व्यवसाय तथा कारोबार सञ्चालन गर्न पब्लिक कम्पनी स्थापना अनिवार्य बनाउने प्रस्ताव गरेको छ। कम्पनी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको ‘कम्पनी कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। हाल कार्यान्वयनमा रहेको कम्पनी ऐन, २०६३ […]
मधेशमा विवाद कायमै, रास्वपाका अधिकांश प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश प्रदेशमा अधिवेशन सम्पन्न गरेको भए पनि मधेश प्रदेशमा देखिएको आन्तरिक विवादका कारण अधिवेशन प्रक्रिया अझै अनिश्चित बनेको छ। पार्टी स्रोतका अनुसार रास्वपाले हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंगलबार अधिवेशन आयोजना गरिएको छ। तर प्रतिनिधि छनोट […]
एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा सदस्यता नवीकरण र विस्तार अभियान तीव्र, असार मसान्तभित्र ३०० नयाँ सदस्य थप्ने लक्ष्य

काठमाडौं । देशको पछिल्लो राजनीतिक परिवेश र संगठन सुदृढीकरणको अभियानलाई केन्द्रमा राख्दै नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्रता दिएको छ। मञ्चले डिजिटल प्रविधिमार्फत सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अभियानलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ। सम्पर्क मञ्चका उपसचिव तथा सदस्यता नवीकरण अभियान संयोजक भवानी लुइटेलका अनुसार आगामी असार मसान्तभित्र सदस्यता विस्तार र […]
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा सम्पन्न मतदानबाट अर्यालले प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्। प्रदेश सभापति पदका लागि सुरुमा चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले अर्याललाई […]
देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले देश र जनताको हितका लागि आवाज उठाउँदा आफू निरन्तर गाली र आलोचनाको निशाना बन्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशलाई माया गरेर काम गर्दा पनि अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफू धरान को मेयर रहँदा दैनिक करिब एक हजार […]
देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेता हुन् रवि लामिछाने : सांसद खरेल

काठमाडौं । ललितपुरबाट निर्वाचित जगदीश खरेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देश र जनताको हितका लागि आफ्नो राजनीतिक भविष्य र प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने त्यागी र महान् नेता रहेको बताएका छन्। समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उनले लामिछानेमा पद र शक्तिप्रतिको कुनै मोह नरहेको दाबी गरे। सांसद खरेलले लामिछानेले व्यक्तिगत स्वार्थभन्दा […]
रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। यसअघि हेटौंडामा आयोजना गर्ने तयारी गरिएको अधिवेशन विभिन्न कारणले स्थगित भएपछि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान प्रक्रिया सञ्चालन गरिएको हो। प्रदेश सभापति पदका लागि उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भमा चार […]
