रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभातिमा पुन: रामेश्वर बस्नेत

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्लाको प्रथम जिल्ला अधिवेशन आज सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा सम्पन्न भएको छ। बिहान ८ बजेदेखि सुरु भएको अधिवेशन जिल्ला सभापति रामेश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन पार्टी संसदीय दलका उपनेता गणेश पराजुली ले गरेका थिए। अधिवेशनमा ३५० भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। अधिवेशनअन्तर्गत सचिव […]
रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेतृत्व चयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीका अनुसार जेठ २३ र २४ गते गरी ६६ जिल्लामा अधिवेशन सम्पन्न हुनेछन् भने विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ। आज जेठ २३ गते कोशी प्रदेशका झापा, मोरङ, […]
रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र नयाँ नेतृत्व चयनमा केन्द्रित

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन शनिबार सूर्यविनायक नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसको सभाहलमा सुरु भएको छ। रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेतको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले प्रमुख अतिथिका रूपमा गरेका हुन्। अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य सूरज प्रधान, प्रतिनिधिसभा सदस्यहरू […]
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टीकापुर घोषणापत्र’ जारी गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको टीकापुरमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि सुरु हुँदैछ। जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रूबी कुमारी तथा राष्ट्रिय सभा […]
रास्वपा खोटाङको पहिलो जिल्ला अधिवेशन यहि २४ गते दिक्तेलमा हुँदै

खाेटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको पहिलो जिल्ला अधिवेशन यही २४ गते जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना हुने भएको छ। जिल्ला संयोजक मुकुन्द कृष्ण थापाका अनुसार अधिवेशन दिक्तेलस्थित समीक्षा हलमा सम्पन्न हुनेछ। अधिवेशनको प्रमुख अतिथिका रूपमा सृष्टि भट्टराई सहभागी हुने कार्यक्रम तय गरिएको छ। पार्टीका जिल्ला नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको […]
५ दिने भारत भ्रमणबाट रास्वपा सभापति लामिछाने आज स्वदेश फर्किँदै

काठमाडौं । रास्वपा सभापति रबि लामिछाने ५ दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फर्किंदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए । भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष […]
रास्वपा भक्तपुर जिल्ला अधिवेशन भाेलि, नेतृत्व चयनसँगै संघीय सांसदलाई पार्टीको केन्द्रीय भूमिकामा केन्द्रित गर्ने बहस

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर जिल्लाको राजनीतिक माहोल तातिएको छ। आगामी जेठ २३ गते शनिबार सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने जिल्ला अधिवेशनमा सभापतिदेखि विभिन्न पदाधिकारी तथा सदस्य पदसम्मका आकांक्षीहरूको संख्या बढ्दै गएपछि अधिवेशन प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। पार्टी स्रोतका अनुसार जिल्ला सभापति पदका लागि केही […]
संविधान संशोधन र धार्मिक स्वतन्त्रता, नेपाली इसाई समुदायको तत्कालिन दृष्टिकोण

गिदोन लामिछाने-धरान। नेपालको संविधानले बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई स्वीकार गरेको भए पनि धार्मिक स्वतन्त्रता, समानता र समावेशिताका सन्दर्भमा अझै स्पष्टता र प्रभावकारी कार्यान्वयनको आवश्यकता देखिएको छ । प्रस्तुत लेखमा नेपाली इसाई समुदायको अनुभव र दृष्टिकोणका आधारमा संविधान संशोधनका लागि उठाइएका प्रमुख मुद्दाहरूको विश्लेषण गरिएको छ । यसले धर्मनिरपेक्षताको परिभाषा, धार्मिक स्वतन्त्रताको दायरा, समानताको प्रत्याभूति […]
राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन २३ गत्ते

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ। जिल्ला संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले अधिवेशन सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। अधिवेशन २०८३ साल जेठ २३ गते शनिबार बिहान ८:०० बजे सुरु हुनेछ। कार्यक्रम थापा पार्टी प्यालेस, सूर्यविनायक–भक्तपुर मा आयोजना गरिने रास्वपा भक्तरले […]
राष्ट्रिय मुद्दामा सरकारलाई साथ दिन आग्रह, विरोधमा मात्र सीमित नहुनुपर्ने ज्ञानेन्द्र शाहीको भनाइ

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारको विरोधमा मात्र केन्द्रित नभई राष्ट्रिय हितका महत्वपूर्ण मुद्दामा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्। उनले देश र जनताको हितसँग जोडिएका विषयमा सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। शाहीले “प्रधानमन्त्री शाहको विरोध गरेर मात्र हुँदैन, सरकारलाई साथ दिऔं” भन्दै राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय आवश्यकतालाई प्राथमिकता […]
