Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। यसअघि हेटौंडामा आयोजना गर्ने तयारी गरिएको अधिवेशन विभिन्न कारणले स्थगित भएपछि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान प्रक्रिया सञ्चालन गरिएको हो।

प्रदेश सभापति पदका लागि उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भमा चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उत्सव अर्याललाई समर्थन जनाएपछि प्रतिस्पर्धा मुख्यतः दुई उम्मेदवारबीच केन्द्रित भएको हो।

श्रेष्ठ र खत्रीको समर्थनपछि अर्यालको पक्ष बलियो बनेको विश्लेषण गरिएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूको समर्थन र आन्तरिक समीकरणका आधारमा अर्यालको जितको सम्भावना उच्च रहेको बताइँदै आएको छ। यद्यपि लामिछाने पक्षले पनि अन्तिम समयसम्म प्रतिनिधिहरूको समर्थन जुटाउने प्रयासलाई तीव्र बनाएको छ।

रास्वपाले संगठन विस्तार र प्रदेश संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश अधिवेशनलाई महत्वका साथ अघि बढाएको छ। बागमती प्रदेशलाई पार्टीको राजनीतिक आधार क्षेत्रका रूपमा हेरिने भएकाले यहाँको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ।

अधिवेशनमार्फत सभापतिसहित प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयन गरिने कार्यक्रम रहेको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। नेतृत्व चयनपछि प्रदेश संगठनलाई थप सुदृढ बनाउने तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • June 13, 2026

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ ह...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved