Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2026
0 shares

काठमाडौं। सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा विकासका विविध विषयमा छलफल भएको छ।

भेटमा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध आपसी सम्मान, विश्वास र सार्वभौमिक समानतामा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको मित्रवत् सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए। उनले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारलाई शुभकामना व्यक्त गर्दै जनसेवा, विकास र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।

सभामुख अर्यालले नेपालमा पनि निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य अझ सुदृढ हुँदै द्विपक्षीय सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। उनले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यहाँका सफल अभ्यासहरू नेपालको विकास यात्रामा उपयोगी हुन सक्ने धारणा राखे।

खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले दुई देशका जनताबीचको सम्बन्ध थप नजिकिएको उल्लेख गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट र भलिबलजस्ता खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी बढेको बताए। साथै पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्पर्कमार्फत आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरे।
भेटका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले विशेषगरी बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तनका साझा चुनौतीबारे दुवै मुलुकले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

राजदूत रहमानले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास तथा आर्थिक रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि अनुभव आदानप्रदान र साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

उनले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा विद्यमान सहकार्यलाई अझ विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप प्रभावकारी बनाउन साझा हितका विषयमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved