Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशलाई माया गर्दा गाली खाइरहेको छु : हर्कराज राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले देश र जनताको हितका लागि आवाज उठाउँदा आफू निरन्तर गाली र आलोचनाको निशाना बन्नुपरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशलाई माया गरेर काम गर्दा पनि अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफू धरान को मेयर रहँदा दैनिक करिब एक हजार गाली सुन्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यो संख्या बढेर दैनिक १० हजारसम्म पुगेको दाबी गरे।

राईले दार्चुला मा पुल निर्माणको पहल गर्दा समेत विभिन्न किसिमका आलोचना र विरोध खेप्नुपरेको उल्लेख गरे। सामाजिक सञ्जालमार्फत आफूविरुद्ध योजनाबद्ध रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका व्यक्त गर्दै उनले विवादका बाबजुद पुल निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै उद्घाटन गरिने बताए।

उनले नेपाली समाजमा राम्रो कामको प्रशंसा गर्नेभन्दा खुट्टा तान्ने प्रवृत्ति बढी रहेको टिप्पणी गर्दै यस्तो मानसिकताको अन्त्य नभएसम्म देशले अपेक्षित विकास हासिल गर्न नसक्ने धारणा राखे। “आफू काम नगर्ने र अरूलाई पनि काम गर्न नदिने प्रवृत्तिले राष्ट्रलाई पछाडि धकेलिरहेको छ,” उनले भने।

अध्यक्ष राईले सीमा सुरक्षाको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री बालेन्द्र साह को अभिव्यक्तिका कारण सुस्ता क्षेत्रमा भारतीय सेना प्रवेश गरेको आरोप लगाए। उनले राष्ट्रिय हित र सीमा सुरक्षाका सवालमा राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले विदेशी ऋणमा आधारित विकास मोडेल दिगो नहुने तर्क गर्दै स्वदेशी स्रोत, श्रम र उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। देशको विकासका लागि नागरिक, सरकार र राजनीतिक नेतृत्वबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देश र जनताको हितका लागि प्रधानमन्त्री पदसमेत त्याग्न सक्ने नेत...

  • June 13, 2026

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

  • June 13, 2026

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ ह...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved