दुबईमा नेपाल र अमेरिका बीच एकदिवसीय क्रिकेट खेल

कृष्ण कुँवर। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आईतवार नेपाल र अमेरिका बीच एकदिवसीय (ODI) क्रिकेट खेल हुँदैछ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। आईसीसी विश्वकप लीग २ को पाँचौ चरणको प्रतिस्पर्धाको यो खेल दुबै टिमका लागि महत्वपूर्ण मानिएको छ। दुबईस्थित नेपाली क्रिकेट समर्थकहरू खेल हेर्न स्टेडियममा उपस्थित […]
विश्वकप टि20 क्रिकेट छनौटमा नेपाल र ओमान बीच निर्णायक भिडन्त,

कृष्ण कुँवर। (बुधबार) राति ८:४५ बजे नेपाली समय अनुसार नेपालले ओमानसँग अल अमेरात क्रिकेट मैदान, ओमानमा सुपर सिक्स चरणको अन्तिम र निर्णायक खेल खेल्दैछ। नेपाल यस समय ICC पुरुष टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटमा उत्कृष्ट लयमा छ। सुपर सिक्स चरणमा नेपालले आइतबार युएईलाई १ रनले र सोमबार कतारलाई ५ रनले पराजित गर्दै […]
नाइटिङ्गेल एकेडेमीमा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ सुरु

डिकेन्द्र बस्नेत, बनेपा । बनेपा नगरपालिका–१० जनागलमा अवस्थित नाइटिङ्गेल एकेडेमीको आयोजनामा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ एक विशेष समारोहका बीच सुरु गरिएको छ। उद्घाटन कार्यक्रम विद्यालयका अध्यक्ष रत्न कुश रजितकारको सभापतित्वमा र श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहका विशिष्ट अतिथिहरूमा बनेपा वडा नं १० का अध्यक्ष चन्द्र बहादुर खड्का, […]
नेपालको रोमाञ्चक जित, सन्दिप लामिछानेको घातक बलिङले पल्टायो खेल

कृष्ण कुँवर। कतारविरुद्धको रोमाञ्चक टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले कठिन तर ऐतिहासिक जित हात पारेको छ। नेपालका स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएर खेलको बहाव नेपालतर्फ मोडिदिए। उत्कृष्ट प्रदर्शनका कारण सन्दिपलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको हो। त्यस्तै, नन्दन यादवले कतारका जुबैर अलिको महत्वपूर्ण विकेट लिए भने गुलशन झाले लिएको शानदार क्याचले […]
दिपेन्द्रसिंह एरीको एकै ओभरको “छ छक्का” स्मरण गरिंदै

कृष्ण कुँवर। १३ अप्रिल २०२४ मा, ACC Men’s Premier Cup अन्तर्गत ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालका दिपेन्द्रसिंह एरिले कतारका कमरान खानको बलमा अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। आइतवार नेपाल र कतारको खेल हुनु अघि त्यो क्षणको स्मरण धेरैले गरेका छन्। नेपालको क्रिकेट इतिहासमा पहिलो पटक कुनै ब्याट्सम्यानले T20 अन्तर्राष्ट्रिय खेलमा ६ […]
उत्कृष्ट खेल प्रदर्शन गर्दै एक खेल अगावै युनिटी कपको उपाधि नेपाललाई।

कृष्ण कुँवर। युएईको सार्जाह क्रिकेट खेलमैदानमा भएको युनिटी कप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई लगातार हराउँदै युनिटी कप जितेको छ। दुईपटक सम्मको विश्व विजेता वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको नेपालले दोस्रो खेलमा उत्कृष्ट खेल खेल्दै ८३ रनमा अलाउट गरिदिएर ९० रनले जित हाँसिल गरेको हो। नेपालले १७४ रनको बलियो लक्ष्य दिएपछि वेस्ट इन्डिज […]
युएईको दुवईमा सहदेव छैठौँ स्मृति कप फुटबल खेल सम्पन्न, च्याम्पियन बन्यो लालीगुराँस फुटबल क्लब।

कृष्ण कुँवर। युएईको दुवई प्रान्तको डल्सको खेल मैदानमा सहदेव स्मृति कप फुटबल २०२५ भव्यताका साथ सम्पन्न भएको छ। सहदेव स्मृति कप फुटबल खेलमा लालीगुराँस फुटबल क्लब विजेता बनी ६ हजार एकसय एघार दिराम (ने. रु. दुई लाख तेत्तिस हजारभन्दा बढी ) प्राप्त गरेको छ भने उपविजेता चन्द्र सूर्य फुटबल क्लब बनेको छ। उपविजेताले चार हजार […]
युएईमा नेपालीहरूको उल्लेखनीय उपस्थिति: अब फुटबलको मैदानमा पनि

श्रीराम रानाभाट,दुबई । संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मात्र नभईकन विभिन्न विधामा आबद्ध भएका कलाकार, खेलाडी, व्यापार व्यवसाय गर्नेहरुको हकमा पनि उत्तिकै आकर्षणको केन्द्रबिन्दु बनेको छ । यसरी विविध क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडिरहेका नेपालीहरूले खेलकुदको क्षेत्रमा पनि आफ्नो छुट्टै छाप बनाउँदै आएका छन् । सुरक्षा ,बिकाश र पर्यटकीय हिसाबले विश्वकै उत्कृष्ट […]
एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ। भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख […]
खेल प्रेमी हरुमा खुसीको खबर:प्रथम NRNA जोहोर कप अगस्ट ३१ तारीख आइतबारको दिन हुदै..

सुमन बिश्वकर्मा, मलेसिया। गैर-आवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोर द्वारा आयोजित प्रथम NRNA Johor cup football tournament अगस्ट ३१ तारीख आइतबार हुने भएको छ खेल प्रेमी हरुले आफ्नो टिम समयमै दर्ता गरि सिट सुनिश्चित गर्नुहोस् । १,खेलका नियम हरु खेलाडी संख्या 16 र team manager/coach गरि 18 जना हुनुपर्ने छ। २, खेलाडी हरु ले […]
