Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको रोमाञ्चक जित, सन्दिप लामिछानेको घातक बलिङले पल्टायो खेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 14, 2025
0 shares

कृष्ण कुँवर। कतारविरुद्धको रोमाञ्चक टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले कठिन तर ऐतिहासिक जित हात पारेको छ।

नेपालका स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएर खेलको बहाव नेपालतर्फ मोडिदिए।
उत्कृष्ट प्रदर्शनका कारण सन्दिपलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको हो।

त्यस्तै, नन्दन यादवले कतारका जुबैर अलिको महत्वपूर्ण विकेट लिए भने गुलशन झाले लिएको शानदार क्याचले खेलको रफ्तार नेपालतिर फर्कायो।

सन्दीपले ३.५ ओभरमा १८ रन खर्चिँदै ५ विकेट हात पारे।
अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक रहँदा उनले मात्र ४ रन दिएर दुई विकेट झारे र कतारलाई अलआउट गराए।

सोमबारको खेलमा कतारको पहिलो विकेट पनि सन्दीपकै खातामा परेको थियो।

अविश्वसनीय ५ विकेटसँगै सन्दीपले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २५०औं विकेट पुरा गरेका छन्, जसमा ओडिआईमा १२७ र टी-२०आईमा पनि १२७ विकेट समावेश छन्।
यो उनको करियरको दोस्रो ५-विकेट प्रदर्शन हो।

एक चरणमा हारको संघारमा पुगेको नेपाल अन्त्यतिर खेलाडीहरुको उत्कृष्ट बलिङ र फील्डिङका कारणले खेल पल्टाउन सफल भयो।
अन्ततः नेपालले रोमाञ्चक जित निकाल्दै समर्थकहरूलाई उत्साहित बनाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भैरहेको ICC पुरुष टी-20 विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनौटका लागि सुपर सिक्स मा खेलिरहेको नेपालले आइतबार युएईलाई एक रनले हराएको थियो।

सोमबार कतारलाई ५ रनले जितेको छ। टि20 विश्वकपमा छानिन नेपालले अझै एक खेल जित्नुपर्नेछ।
सो खेल जिते नेपाललाई २०२६, ७ फेब्रेवरीबाट मार्च ८ सम्म इन्डिया र श्रीलङ्का हुने टि-20 बिश्वकपमा देख्न पाउनेछौं।

नेपाल र कतारबीच टी-२०आईमा हालसम्म ४ पटक भेट भएको छ। ३ खेलमा नेपाल विजयी भएको छ भने १ खेल कतारले जितेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved