Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाइटिङ्गेल एकेडेमीमा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 14, 2025
0 shares

डिकेन्द्र बस्नेत, बनेपा । बनेपा नगरपालिका–१० जनागलमा अवस्थित नाइटिङ्गेल एकेडेमीको आयोजनामा नाइटिङ्गेल स्पोर्ट्स मिट–२०८२ एक विशेष समारोहका बीच सुरु गरिएको छ।

उद्घाटन कार्यक्रम विद्यालयका अध्यक्ष रत्न कुश रजितकारको सभापतित्वमा र श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन समारोहका विशिष्ट अतिथिहरूमा बनेपा वडा नं १० का अध्यक्ष चन्द्र बहादुर खड्का, पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपाने, समाजसेवी सत्यमान तामाङ, राज भन्दिर श्रेष्ठ लगायत काभ्रेपलाञ्चोकका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेजर बस्नेतले खेलकुदले मिहिनेत, लगनशीलता र जिम्मेवारी बोधको भावना विकास गराउने बताउँदै खेलकुद नै व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार खेलकुदको माध्यमबाट नाम र दाम दुवै कमाउन सकिन्छ।

त्यस्तै विद्यालयका अध्यक्ष रत्न कुश रजितकारले विद्यार्थीहरूलाई अनुशासित भएर स्वस्थ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्दै एक महिनाभित्र विद्यालयको छुट्टै फुटसल मैदान निर्माण गरिने जानकारी दिनुभयो। साथै बास्केटबल, भलिबल र ब्याडमिन्टनका लागि पनि होम ग्राउन्ड तयार पारिने योजना रहेको र विद्यालयले चारवटा ब्लकको अवधारणा अघि बढाइसकेको जानकारी दिनुभयो।

वडाध्यक्ष चन्द्र बहादुर खड्काले विद्यार्थीहरूलाई अनुशासित भएर खेलकुदमा सहभागी हुन आग्रह गर्दै वडा खेलकुदको विकासका लागि सहयोग र सहकार्य सधैं सकारात्मक रहने बताउनुभयो।

एक हप्ता सम्म चल्ने यस स्पोर्ट्स मिटमा फुटबल, भलिबल, हाइजम्प, लङ्ग जम्प, स्विमिङ, टग अफ वार र कराँते लगायतका प्रतियोगिताहरू सञ्चालन हुने विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved