समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ […]

नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच सम्झौता, ग्राहक र कर्मचारीले उपचारमा विशेष छुट पाउने

काठमाडौं ।  नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। साउन १८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। सम्झौताअनुसार […]

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ। वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को महत्वपूर्ण समर्थन बिन्दु ३,५०० डलर आसपास रहने अनुमान गरेको छ। डब्लुजीसीको पछिल्लो प्रतिवेदनअनुसार सुनको मूल्य निरन्तर ओरालो लागेमा ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ। यो स्तर जनवरीमा कायम […]

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता ‘ऋण असुली पनि तीव्र

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ […]

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ। मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा तथा बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ […]

अमेरिकाकाे लागि बी–१ र बी–२ भिसा आवेदनमा मूल्य बृद्धि

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि […]

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान […]

परिवार सुरक्षा खाताबाट कुमारी बैंकद्वारा १० लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले आफ्नो परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामार्फत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। दुर्घटनामा श्रीमती बना देवी बोहराका श्रीमानको निधन भएपछि आवश्यक कानुनी तथा बैंकिङ प्रक्रिया पूरा गरी उक्त बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस आर्थिक सहयोगले शोकाकुल […]

जेनजी आन्दोलनपछि सुनसान बनेको हायात होटल, सञ्चालन अनिश्चित

काठमाडौं । काठमाडौंको टुसालस्थित पाँचतारे हायात रेजेन्सी काठमाडौं जेनजी आन्दोलनका क्रममा होटल परिसर तथा विभिन्न संरचनामा व्यापक क्षति पुगेपछि हाल अस्थायी रूपमा बन्द छ। होटलको मुख्य प्रवेशद्वार सुनसान देखिएको छ भने पाहुना सेवा पूर्ण रूपमा रोकिएको छ। होटल व्यवस्थापनले आफ्नो आधिकारिक वेबसाइटमार्फत पनि होटल अस्थायी रूपमा बन्द रहेको सूचना सार्वजनिक गरेको छ। जेनजी आन्दोलनका क्रममा […]