ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका करिब १४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । […]

११ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ११ वटा निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा संयुक्त उपक्रम (जेभी) लाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम उनीहरूलाई ६ महिनादेखि दुई वर्षसम्मका लागि कालोसूचीमा समावेश गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै […]

लघुवित्तीय शोषणविरुद्ध राजधानीमा ‘राजधानी मार्च’

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदुर आन्दोलन नेपालको आयोजनामा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले ‘राजधानी मार्च’ गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारीहरूले लघुवित्त संस्थाहरूले उच्च ब्याजदर, चर्को जरिवाना र अस्वाभाविक ऋण असुलीका माध्यमबाट सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गरेको आरोप लगाएका छन्। उनीहरूले ऋणीलाई सहज रूपमा […]

सिभिल सहकारी पीडितको चेतावनी: सर्वोच्चको अन्तरिम आदेशले हजारौँ बचतकर्ताको सम्पत्ति डुब्ने जोखिम, सरकार र न्यायालयको तत्काल हस्तक्षेपको माग

काठमाडौं। सिभिल सहकारीका पीडित बचतकर्ताहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश र सरकारी निकायको निष्क्रियताका कारण आफूहरूको बचत रकम फिर्ता हुने अन्तिम आधारसमेत गुम्ने खतरा उत्पन्न भएको भन्दै सरकार, न्यायपालिका र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। पत्रकार सम्मेलनमार्फत जारी प्रेस वक्तव्यमा उनीहरूले सर्वोच्च अदालतको आदेश र त्यसपछिको न्यायिक प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै यसले हजारौँ बचतकर्तामाथि थप […]

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा अधिकतम […]

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ४४ वटा सडक पुल निर्माण सम्पन्न गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सो अवधिमा मन्त्रालयअन्तर्गत विनियोजित कुल बजेटको ६३.४० प्रतिशत खर्च भएको छ। मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले पूर्वाधार विकासका विभिन्न आयोजनामा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिए। मन्त्रालयका अनुसार आर्थिक वर्षभर १३६.६६ किलोमिटर ग्राभेल सडक […]

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

भक्तपुर नगर प्रमुखलाई नगरवासिकाे प्रस्न, पर्यटकबाट उठेको २७ करोडौं भन्दा बढी रुपैयाँ कहाँ गयो?

भक्तपुर। आर्थिक वर्ष २०८२/८३ मा भक्तपुर नगरपालिकाले पर्यटन प्रवेश शुल्कबाट २७ करोड ५० लाख ६३ हजार ५०० रुपैयाँ तथा २३ हजार १९० अमेरिकी डलर आम्दानी गरेको तथ्यांक सार्वजनिक गरे पनि उक्त रकम नगरभित्र कुन–कुन योजना, सम्पदा संरक्षण, पूर्वाधार निर्माण, सरसफाइ, पर्यटन प्रवर्द्धन वा अन्य विकास कार्यक्रममा कति खर्च भयो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। […]

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको […]

सांसदलाई रा.प. तृतीय श्रेणीको स्वकीय सचिव राख्न बाटो खुल्यो, राजपत्रमा प्रकाशित भयो निर्णय

काठमाडौं । संघीय संसदका सदस्यहरूले अब रा.प. तृतीय श्रेणीसरहको स्वकीय सचिव राख्न पाउने भएका छन्। सरकारले गरेको उक्त व्यवस्था नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने कानुनी आधार सुनिश्चित भएको हो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले रा.प. तृतीय श्रेणीको एक जना स्वकीय सचिव राख्न पाउने […]