आजका लागि विदेशी मुद्राको विनिमयदर

, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ […]
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ। सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत […]
नेपाल बैंक र चितवन इनर्जीबीच लोवर रूलेखोला जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर रूलेखोला जलविद्युत् आयोजनाको निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जीले प्रवर्द्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको उक्त आयोजना प्रस्तावित रूपमा ६.१५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ । सम्झौताअनुसार आयोजनाको कुल परियोजना लागतमा कर्जा र स्वपुँजीको अनुपात ७०ः३० कायम हुनेछ […]
अण्डाको माग बढेपछि व्यवसायीले मूल्य बढाए

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]
सिद्धार्थ बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढ्यो, ३ अर्ब ५१ करोडभन्दा बढी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ३६ करोड ६६ […]
कुमारी बैंकको ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकका अनुसार उक्त सेयर हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन […]
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले […]
महिला उद्यमीका लागि सिद्धार्थ बैंकको आकर्षक योजना, १५ लाखसम्म बिना धितो कर्जा

काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना देशभरका सबै शाखामार्फत सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमले अधिकतम १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले २०८२ साउनदेखि ३० शाखाबाट परीक्षणका रूपमा सुरु गरेको […]
लुम्बिनी विकास बैंकमा रोजगारीको सुनौलो अवसर, विभिन्न तहमा कर्मचारी माग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले वित्त, लेखा तथा कोष व्यवस्थापन विभागका लागि कर्मचारी माग गरेको छ। बैंकले वरिष्ठ सहायक, पर्यवेक्षक र कनिष्ठ अधिकृत तहमा अर्धयोग्य चार्टर्ड लेखापाल (सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको जनाएको छ। बैंकका अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) वा भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) अन्तर्गतको […]
ग्लोबल आइएमई बैंकको नाफामा २२.६७ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय सूचकमा सुधार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो। बैंकका अनुसार सञ्चालन नाफा २०.०३ […]
