Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपीडितको उद्धारमा राष्ट्रिय एकताको आह्वान, मलंगवाबाट रसुवातर्फ राहत सामग्री प्रस्थान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2026
382.8K shares

सर्लाही । देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि देशभर सहयोग अभियान तीव्र बनेको छ। यसैक्रममा मुस्लिम शान्ति समाज, सर्लाहीको पहलमा मलंगवा लगायतका स्थानबाट संकलित राहत सामग्री रसुवाका बाढीपीडितका लागि पठाइएको छ।

राहत सामग्री बोकेको गाडी रसुवातर्फ पठाउने क्रममा आयोजित बिदाइ कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व राज्यमन्त्री रिजवान अन्सारी, मधेश प्रदेशकी पूर्व गृहमन्त्री, कानून तथा सञ्चारमन्त्री बिमला अन्सारी, समाजसेवी डा. अब्दुर रहिम मिक्रानी, युवा नेता समीर मिक्रानी, मैनुद्दिन अन्सारी लगायतको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष रिजवान अन्सारीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिलाई कुनै जात, धर्म, क्षेत्र वा समुदायको मात्र समस्या नठान्न आग्रह गरे। उनले बाढीबाट प्रभावित नागरिकको पीडा सिंगो राष्ट्रको साझा पीडा भएकाले सबै नेपाली एकजुट हुनुपर्ने बताए।

अन्सारीले राजनीतिक आस्था, धार्मिक तथा जातीय पहिचान र क्षेत्रीय विभाजनभन्दा माथि उठेर मानवता र राष्ट्रिय एकतालाई प्राथमिकता दिन राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, धार्मिक समुदाय तथा आम नागरिकलाई आह्वान गरे। संकटको समयमा हाम्रो साझा परिचय ‘नेपाली’ भएको भन्दै उनले सक्ने सबैलाई राहत अभियानमा योगदान गर्न आग्रह गरे।

राहत संकलन तथा व्यवस्थापनमा सक्रिय मुस्लिम शान्ति समाज, सर्लाहीका जिल्ला अध्यक्ष अब्दुल अजीज छोटेसहित मैनुद्दिन अन्सारी, सलमान मिक्रानी लगायत सहयोगीहरूलाई अन्सारीले धन्यवाद व्यक्त गरे। उनले राहत तथा पुनर्स्थापनाको आवश्यकता रहुन्जेल अभियानलाई निरन्तरता दिनुपर्ने र सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रभावित क्षेत्रमा सक्रिय हुन आग्रह गरे।

मलंगवाबाट रसुवातर्फ पठाइएको राहत सामग्री चार सदस्यीय टोलीले लिएर गएको जनाइएको छ। अध्यक्ष अन्सारीले पठाइएको राहत सामग्री खाद्यान्न तथा आवश्यक वस्तु मात्र नभई मलंगवादेखि रसुवासम्म पुगेको नेपाली एकता, सद्भाव र मानवताको सन्देश भएको बताए। मुस्लिम शान्ति समाजले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकका लागि राहत तथा सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved