नेपाल बैक हेटौंडाको भवन अर्थमन्त्री वाग्लेले गरे उद्घाटन

मकवानपुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हेटौंडामा नवनिर्मित नेपाल बैंक लिमिटेडको अत्याधुनिक भवन उद्घाटन भएको छ । नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति माननीय अर्थमन्त्रीले शुभकामना ब्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग […]
महाधिवेशन प्रतिनिधिको शुल्क नलिने रवि लामिछानेको निर्देशन, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग लिइँदै आएको प्रतिनिधि शुल्क नलिन पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। चितवनमा जारी महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई मध्यनजर गर्दै लामिछानेले प्रतिनिधिहरूले बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क अब अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। साथै, यसअघि शुल्क बुझाइसकेका आर्थिक रूपमा […]
सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा शक्तिशाली नेताहरू ?

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेसँगै नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा पौडेललाई नियन्त्रणमा लिएपछि यस घटनाले राष्ट्रिय राजनीतिमा व्यापक चर्चा पाएको छ। यसैबीच, पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि पनि सम्पत्ति शुद्धीकरण विभागको निगरानी रहेको चर्चा सार्वजनिक हुन थालेपछि राजनीतिक माहोल थप तातेको छ। यद्यपि, […]
बिजुली महसुल नतिर्ने थप उद्योगको लाइन काटियो, बक्यौता असुली अभियान तीव्र

काठमाडौं । बिजुली महसुल तथा अन्य बक्यौता रकम नतिर्ने थप उद्योगहरूको विद्युत् लाइन काटिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियान अन्तर्गत शुक्रबार थप २१ उद्योगको बिजुली तथा पानीको लाइन विच्छेद गरेको जनाएको छ। लिमिटेडका अनुसार लाइन काटिएपछि १२ उद्योगले बक्यौता रकम बुझाएका छन्। रकम भुक्तानी गरेसँगै ती उद्योगहरूको सेवा पुनः सुचारु गरिएको छ। […]
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट

काठमाण्डौं । लामो समयदेखी रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सेयर बजार विषयमा विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेका कैलालीलाका भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले […]
आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर […]
वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ उजुरी दर्ता ९ पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण तथा श्रमिकका समस्या समाधानलाई प्राथमिकता दिँदै वैदेशिक रोजगार विभागले आफ्नो अनुगमन र अनुसन्धान गतिविधिलाई थप तीव्र बनाएको छ। विभागका अनुसार असार ३ गते मात्रै २९ वटा नयाँ उजुरी दर्ता भएका छन्। विभागको मुद्दा तथा अनुसन्धान शाखाले ठगीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीलाई निरन्तरता दिँदै सोही दिन २८ वटा […]
पर्सामा लुकाई–छिपाई राखिएको ३७० किलो गाँजा बरामद

पर्सा । पर्सा जिल्लामा प्रहरीले लुकाई–छिपाई राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जंगल क्षेत्रमा खोजतलास गर्ने क्रममा करिब ३७० किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो। प्रहरीका अनुसार गाँजालाई विभिन्न प्याकेटमा पोका पारेर जंगलभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको थियो। बरामद गाँजा नियन्त्रणमा लिई थप […]
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। […]
ई–पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि अख्तियारको सार्वजनिक आह्वान

काठमाडौँ । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानलाई तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीका दुई कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि उपस्थित हुन सार्वजनिक आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ई–पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा संलग्न जर्मन कम्पनी मुलबाउर आईडी सर्भिसेज र भेरिडोस का प्रतिनिधिलाई अनुसन्धानमा […]
