बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आशंकासहित छानबिन सुरु भएको छ। सम्पत्ति शुद्धीकरण विभाग ले उनको घर तथा विभिन्न कार्यालयहरूमा एकैसाथ छापा मार्दै अनुसन्धानलाई तीव्र बनाएको हो। विभागका अनुसार काठमाडौंको नक्साल र सुन्धारामा अवस्थित उनका कार्यालयहरू, साथै हेटौँडामा रहेको निजी निवास र कार्यालयमा टोली परिचालन गरी कागजात, वित्तीय विवरण […]
सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम्लिङ प्रकरणले लियो गम्भीर मोड

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चासोको विषय बनेको इन्द्रकुमार चाम्लिङ सम्बन्धी विवाद अब फौजदारी अनुसन्धानतर्फ उन्मुख भएको छ। प्रारम्भमा सार्वजनिक जग्गामा अवैध रूपमा भवन निर्माण गरिएको आरोपबाट सुरु भएको यो प्रकरण पछिल्लो समय झन् जटिल बन्दै गएको छ। स्रोतका अनुसार उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएपछि सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाएका थिए। यही क्रममा […]
मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

काठमाडौँ । भर्ना तथा अन्य विभिन्न शीर्षकमा विद्यालयहरूले गैरकानुनी रूपमा बढी शुल्क लिएको गुनासो बढेपछि सरकारले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र जारी गर्दै अवैध शुल्क असुलीबारे तथ्यगत छानबिन गरी आवश्यक कारबाही गर्न भनेको […]
नागढुंगा सार्वजनिक शौचालय विवाद अख्तियारमा, निलम्बित वडाअध्यक्षकै सक्रियता माथि प्रश्न

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो। साे सम्बन्धि अख्तियारले बिबरण उपलभ्ध गराउन भनि २०८२/०८/२८ मा वडा कार्यालयलाई ताकेता पत्रचार गरेकाे […]
सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

शैक्षिक सत्र २०८३ सुरु भएसँगै निजी विद्यालयसँगै सामुदायिक विद्यालयहरूले पनि विद्यार्थी भर्ना लिन सुरु गरेका छन्। तर, धेरै सामुदायिक विद्यालयहरूले भर्ना शुल्क तथा चन्दाको नाममा रकम संकलन गर्न थालेपछि अभिभावकहरू चिन्तित बनेका छन्। झापाको सनिश्चरे माध्यमिक विद्यालय ले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरूबाट ५ सयदेखि १५ सय रुपैयाँसम्म भर्ना शुल्क लिएको पाइएको छ। संविधानमा […]
थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा रहेको खुलासा (सप्रमाण पढ्नुहाेस)

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती सरकारको सक्रियतामा खाली गराइएको छ। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्ती हटाइँदा त्यहाँ बसोबास गर्दै आएका करिब ९० प्रतिशत व्यक्तिसँग देशका विभिन्न स्थानमा आफ्नै जग्गा रहेको सरकारी तथ्यांकले देखाएको छ। सरकारले दुई दिनअघि नै सूचना जारी गर्दै बस्ती खाली गराउने तयारी गरेको थियो। सोहीअनुसार आज बिहानैदेखि अभियान […]
सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेकाे भन्दै आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरित सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन्। […]
सेयर कारोबार प्रकरणमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । चर्चित व्यवसायी शेखर गोल्छा लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख मनोज केसी ले उनलाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले जारी गरेको पुर्जीका आधारमा गोल्छालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीमाथि हाल सेयर कारोबारसँग […]
केन्द्रकाे निर्णयकाे समर्थनमा बागमति प्रदेश, सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई दिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने बताएका छन् । नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताएका छन् । ‘लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ,’ बानियाँले […]
निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी निकाय तोक्ने तयारिमा सरकार

काठमाडौँ । नेपालका निजी क्षेत्र तथा गैरसरकारी संस्थाको नियमनकारी निकाय तोकिने भएको छ । कम्पनीहरूमा हुनसक्ने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले यस्तो व्यवस्था अघि बढाएको हो । अहिले कतिपय निकायहरू दर्ता भएर सञ्चालनमा रहे पनि उनीहरूको स्पष्ट नियमन कसले गर्ने भन्ने विषय अन्योलमा छ । विशेषगरी उत्पादनमूलक तथा व्यापारिक प्रयोजनका धेरै व्यावसायिक संस्थाहरू […]

