Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रसुवामा १६ सिँचाइ कुलो स्तरोन्नति, ६ हजार ७०० भन्दा बढी किसान लाभान्वित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2026
3 shares

रसुवा । कृषि उत्पादन वृद्धि गर्दै जिल्लालाई अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित डिभिजन सिँचाइ कार्यालय रसुवाले चालु आर्थिक वर्षमा १६ वटा सिँचाइ कुलोको मर्मत तथा स्तरोन्नति गरेको छ। यसबाट एक हजार ६६५ घरधुरीका छ हजार ७०२ किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यालयले एक बहुवर्षीयसहित २१ वटा सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नतिको काम पनि अघि बढाइरहेको जनाएको छ।

डिभिजन सिँचाइ कार्यालयका प्रमुख सुवास बानियाँका अनुसार किसानको आवश्यकता र स्थानीय मागलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो। जिल्लामा रहेको चार हजार ७३८ दशमलव ४० हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म तीन हजार ५८१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको छ। साथै बाढी तथा भूक्षय नियन्त्रणका लागि चालु आर्थिक वर्षमा एक हजार १५३ थान ग्याबिन जाली वितरण गरिएको र आवश्यक स्थानका लागि थप मौज्दात पनि राखिएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा नौकुण्ड गाउँपालिकाको थाङसाप र गुइसा, उत्तरगया गाउँपालिकाको भाँगेखोला, सिधुरेढुङ्गा र साधीखोला तथा कालिका गाउँपालिकाको डिखेत र भदौरे सिँचाइ योजनाको निर्माण सम्पन्न भएपछि थप १५ दशमलव ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। किसान तारा पौडेलले नयाँ सिँचाइ कुलो निर्माणपछि धान रोपाइँ सहज हुनुका साथै उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यालयका अनुसार उत्तरी रसुवाका थाम्बुचेत, गोल्जुङ, चिलिमे तथा तटीय क्षेत्र छोमरुङ र दक्षिणी रसुवाका फाँटमा धान, हिउँदे तरकारी, तोरी, गहुँ तथा अन्य नगदे बाली उत्पादनमा सिँचाइ योजनाले उल्लेखनीय योगदान पुर्‍याएको छ। नियमित सिँचाइ सुविधाले खेतीयोग्य जमिन बाँझो रहने समस्या घट्नुका साथै वर्षभरि विभिन्न बाली उत्पादन गर्न सहज भएको जनाइएको छ।

सरकारीस्तरबाट योजनाबद्ध सिँचाइ विकासको सुरुआत विसं २०१० को दशकदेखि भएको मानिन्छ। त्यसयता सरकारले नहर, कुलो तथा लिफ्ट सिँचाइ आयोजनामार्फत कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण र किसानको आय वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइ पूर्वाधार विस्तार गर्दै आएको छ। कार्यालयले यस्ता कार्यक्रमले कृषि पेशाप्रति युवाको आकर्षण बढ्नुका साथै रसुवालाई कृषि उत्पादनमा थप आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved