कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ हजारभन्दा बढीले पाए डिजिटल परिचयपत्र

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म पाँच लाख ३८ हजार ६२२ सदस्यले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ। पार्टीका अनुसार योग्य ठहरिएका सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ठूलो सङ्ख्याले अद्यावधिक प्रक्रिया पूरा गरिसकेका छन्। पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार हालसम्म एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक […]

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ । प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो। बैठकमा सरकारका समसामयिक विषय, मन्त्रालयगत प्रस्ताव तथा प्रशासनिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने एजेन्डामाथि आवश्यक निर्णय लिन बैठक केन्द्रित रहने जनाइएको छ। सरकारको नियमित कार्यसूचीअनुसार बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट […]

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशमा भारिमतसहित विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। पार्टीको प्रदेश नेतृत्वमा उपसभापतिमा हेमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल चयन भएका छन्। त्यस्तै सहमहामन्त्री पदमा सुरेन्द्र कार्की र मन्जरी घिमिरे निर्वाचित भएका छन्। अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरेको […]

इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय (इभी) गाडी आयातसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही ले इभी गाडी आयात प्रक्रियामा केही शङ्का उत्पन्न भएकाले सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन आवश्यक रहेको बताएका हुन्। उनले आफूहरूको माग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले […]

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि समय आजको दिन

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न […]

हर्क साम्पाङ पक्षको नाराबाजीबीच प्रतिनिधिसभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार केही समय तनावपूर्ण बनेको छ। स्वतन्त्र सांसद हर्क साम्पाङलाई बोल्न समय नदिएको भन्दै उनका समर्थक सांसदहरूले बैठकमा नाराबाजी र अवरोध गरेपछि संसद् केहीबेर प्रभावित भएको थियो। साम्पाङ पक्षले सभामुखले आफूलाई बोल्न नदिएको आरोप लगाउँदै विरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अगाडि बढाएका थिए। सोही क्रममा उनले प्रतिनिधिसभा नियमावलीको […]

समय नै नमागेका हर्कलाई बोल्न दिइएन भन्दै संसद्मा आपत्ति, नियम मिचेर राजनीति गरेको आरोप

काठमाडौं । प्रतिनिधिसभा बैठकमा समय नै नमागेका सांसद हर्क साम्पाङलाई बोल्न नदिएको विषयलाई लिएर आपत्ति जनाइएको छ। केही सांसदहरूले संसद्को स्थापित प्रक्रिया र नियमावलीलाई बेवास्ता गर्दै अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन्। उनीहरूले संसद्मा बोल्नका लागि निर्धारित प्रक्रिया अनुसार समय माग्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै समय नै नमागेका सांसदलाई बोल्न नदिएको भन्दै हंगामा गर्नु संसदीय […]

रास्वपाको बागमतीको अधिवेशनमा प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी परेको छ । मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्द परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ । पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरुद्ध उजुरी परेको थियो । बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया […]

भारत भ्रमण फलदायी भएको परराष्ट्रमन्त्री खनालको दाबी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न तीनदिने भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको जानकारी दिए। उनले उक्त भेटघाटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी, परिणाममुखी […]

रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार

मकवानपुर । रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ । २ जना सांसद सहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो । मङ्गलवार राति निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार काभ्रेबाट निर्वाचित सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् । सार्वजनिक गरिएको सभापतिका […]