१०० दिनमा गृह प्रशासनको ‘हाइप्रोफाइल अप्रेसन’ : धेरै पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वालेन्द्र (बालेन) शाह सरकार गठन भएको १०० दिन पूरा हुँदै गर्दा गृह मन्त्रालयले उच्च पदस्थ व्यक्ति तथा प्रभावशाली व्यवसायीविरुद्ध व्यापक कारबाही अभियान सञ्चालन गरेको छ। गृहमन्त्री सुधन गुरुङले दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ‘हरेक फाइल खोलिने’ घोषणा गर्दै पुराना अनुसन्धान अघि बढाउने, जघन्य तथा संगठित अपराधका फाइल टुङ्ग्याउन विशेष […]
PulseRSP प्रणालीमार्फत सांसदको कार्यसम्पादन पनि डिजिटल रूपमा मूल्याङ्कन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत विकास गरिएको PulseRSP प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई आज अभिमुखीकरण गर्ने भएको छ। सांसदहरूलाई प्रणालीको प्रयोगसम्बन्धी जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले आज बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक आयोजना गरिएको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेको पनि उपस्थिति रहने […]
रित्तियाे खाेटाङमा दरुणदल, ४० जनाले दिए सामुहिक राजिनामा

खोटाङ । खोटाङमा नेपाली काँग्रेस भातृसंगठन तरुणदल अध्यक्ष काजिमान राईसहित ४० जनाले जिम्मेवारीबाट सामुहिक राजिनामा दिएकाछन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा तरुण दल केन्द्रीय प्रतिनिधी छनोटमा मनोमानी गरिएको भन्दै असार १७ गते कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर तरुण दलका जिल्ला अध्यक्ष राईले उपाध्यक्ष सनम राई (जोजो), सचिव कविन राई, कोषाध्यक्ष भरत राईलगायतले […]
रास्वपाका नवनिर्वाचित पदाधिकारीहरूले लिए सपथ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने ले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने […]
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम बुधबार काठमाडौँमा हुँदैछ। पार्टीका ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार शपथग्रहण कार्यक्रम बिहान ११ बजे पार्टीको घण्टीघरस्थित केन्द्रीय कार्यालयमा हुनेछ। शपथ […]
प्रतिनिधिसभाले ४३ देशसँग संसदीय मैत्री समूह गठन गर्यो, सांसदहरूको जिम्मेवारी तोकियो

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाले विभिन्न मुलुकसँग संसदीय कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी, संस्थागत र सुदृढ बनाउने उद्देश्यले ४३ देशसँग संसदीय मैत्री समूह गठन गरेको छ। प्रत्येक मैत्री समूहमा एक जना संयोजक र विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई समावेश गरिएको छ। गठन गरिएका संसदीय मैत्री समूहहरूमा अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, […]
आफ्नाे तर्फबाट सदनमा बाेल्न प्रधानमन्त्री बालेनले मन्त्री पुनलाई दिए जिम्मा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शाहले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो तर्फबाट महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन २०८३ पेस गर्ने जिम्मा मन्त्री पुनलाई दिएका हुन् । संसद सचिवालयकाअनुसार प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ […]
कम्युनिस्टका तीन नेता आज एकै मञ्चमा देखिने

काठमाडौं । प्रचण्डको निरन्तरतामा क्रमभंगता अभिब्यक्ति संगैं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज आज राष्ट्रिय सभागृहमा संगै देखा पर्ने भएकाछन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने मदन भण्डारी फाउण्डेसनले आयोजना गर्न लागेको जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा […]
प्रतिनिधि सभा बैठक भाेलि बस्ने, यस्ताे छ कार्यसूचि

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आइतबार बिहान ११:०० बजे बस्ने बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ प्रतिनिधिसभामा पेस गर्नेछन्। साथै, उनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै उक्त […]
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, ७ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित ( पुर्ण सूचिफसहित)

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुँदै सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन्। महाधिवेशनले सात पदाधिकारीसहित विभिन्न समावेशी क्लस्टर र सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। निर्वाचित पदाधिकारीमा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, महिला उपसभापति सोविता […]
