Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2026
198Shares

काठमाडौँ । नेपाली कांग्रेसको सभापति गगन थापा नेतृत्वले आह्वान गरेको १५औँ महाधिवेशनमा सहभागी नहुन संस्थापन इतर पक्षले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेको छ । शेरबहादुर देउवा पक्षले विज्ञप्ति जारी गर्दै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गरेको हो ।

नेता डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । संस्थापन इतर पक्षका नेताहरूबीच भएको छलफलपछि कोइरालाले विज्ञप्ति जारी गर्दै अदालतमा विवाद विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउनु उचित नहुने धारणा सार्वजनिक गर्नुभएको हो ।

विज्ञप्तिमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुनसक्ने चेतावनी दिइएको छ । यस्तो अवस्थामा महाधिवेशनले पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा थप जटिलता निम्त्याउने देउवा पक्षको दाबी छ ।

देउवा पक्षले अहिले कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ । पार्टीभित्रको विवाद समाधान गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उसले विभाजन निम्त्याउने कुनै पनि गतिविधिबाट पार्टीलाई जोगाउनुपर्ने धारणा राखेको छ ।

विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनलाई देउवा पक्षले ‘अवैधानिक र विभाजनकारी’को संज्ञा दिएको छ । साथै पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved