काठमाडौं । नेपाली कांग्रेसलाई थप सुदृढ र जनविश्वासयुक्त बनाउन अग्रजको अनुभव, युवाको ऊर्जा र नेतृत्वको नयाँ सोचबीच समन्वय आवश्यक रहेको धारणा सार्वजनिक भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएका विवाद तथा मतभेदलाई व्यक्तिगत जित–हारका रूपमा नभई कांग्रेसको भविष्य र जनताको भरोसासँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको छ।
पार्टीको विगत निर्माणमा अग्रज नेताहरूले पुर्याएको योगदान र अनुभवलाई सम्मान गर्दै उहाँहरूको आशीर्वाद तथा मार्गदर्शनका साथ नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने आवश्यकता औँल्याइएको छ। पुस्तान्तरणसँगै अग्रजको अनुभवलाई जोड्न सके कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई अझ प्रभावकारी बनाउन सक्ने धारणा व्यक्त गरिएको छ।

यस सन्दर्भमा ‘अग्रजको आशीर्वाद, गगनको नेतृत्व’ आजको कांग्रेसको आवश्यकता भएको उल्लेख गरिएको छ। विगतको योगदानलाई सम्मान गर्दै वर्तमानको आवश्यकता बुझेर भविष्यको कांग्रेस निर्माणका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ।
पार्टीभित्रको आन्तरिक विवादलाई गुटगत प्रतिस्पर्धाभन्दा माथि उठाएर संगठनको एकता र जनताको विश्वासलाई प्राथमिकता दिनुपर्ने धारणा पनि अघि सारिएको छ। व्यक्ति होइन, पार्टी जिताउने र गुट होइन, कांग्रेसलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने भन्दै एकता नै समाधान र कांग्रेसको प्रमुख शक्ति भएको सन्देश दिइएको छ।










