३० लाख ख्रीस्टियनको प्रतिनिधित्व कहाँ?” – भरत गिरीको प्रश्न, समावेशी राजनीतिमाथि बहस

काठमाडौं। आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरीले नेपालमा करिब ३० लाखको सङ्ख्यामा रहेको ख्रीस्टियन समुदायको राज्य संरचनामा प्रतिनिधित्व नभएको विषय उठाउँदै गम्भीर प्रश्न गरेका छन्। उनले हालै देशमा आएको राजनीतिक परिवर्तन र “नयाँ राजनीति” को नाराबीच पनि ख्रीस्टियन समुदायको प्रतिनिधित्वको विषय कसैको प्राथमिकतामा नपरेको बताएका हुन्। गिरीले देशमा आम निर्वाचनपछि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू […]
नवनिर्वाचित सांसदहरूलाई रास्वपाले दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । आफ्ना सांसदहरूलाई तयारी अवस्थामा रहन पनि रास्वपाले अनुरोध गरेको छ । सबै सांसदहरूलाई चैत ३ गते काठमाडौंको उपत्यकाको तोकेको स्थानमा […]
राष्ट्रिय सभामा अर्याल र प्रकृतिक संरक्षण काेषमा श्रेष्ठ मनाेनित

काठमाडौं। सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई नियुक्ति सिफारिसका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भने, राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचीव आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् ।प्रधानमन्त्री एवं कोषका […]
कार्की आयोगको प्रतिवेदन सार्वजनिकको लागि दबाब दिन माइतीघरमा भेला आह्वान

काठमाडौँ । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिकका लागि दबाब दिन जेनजी अभियन्ताहरूले माइतीघर मण्डलामा भेला आह्वान गरेका छन् । नजी अभियन्ताले सामाजिक सञ्जालमा एक पोस्टर राखेर आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा […]
समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट […]
श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसदका चार नाम

काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो। आदिवासी: पूर्ण प्रसाद लिम्बु, खस आर्य: अम्बिका […]
भूमिका श्रेष्ठको संसद प्रवेशले उठाउने पहिचानको वहस

सुनिलबाबु पन्त। नेपालको राजनीतिमा हालै एउटा ऐतिहासिक क्षण सिर्जना भएको छ। भूमिका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट सांसदका रूपमा अनुमोदन गरेसँगै नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट दोस्रो पटक संसदमा प्रतिनिधित्व देखिन लागेको छ। २०६४ सालको संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासद्का रूपमा मेरो प्रवेशपछि, अब समुदायबाट अर्को प्रतिनिधि संसदमा पुग्नु सकारात्मक र स्वागतयोग्य विकास […]
यी हुन् कांग्रेसबाट क्लस्टर अनुसार २० समानुपातिक सांसद

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोटको गृहकार्य भइरहेको छ। निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएका दलले पाउने सांसदको सिट संख्या तोकेपछि कांग्रेसले सांसद छनोट गर्न लागेको हो। कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार २० जनामा निर्वाचन आयोगले क्लस्टर छुट्याएर पाएको छ। कांग्रेसले समानुपातिकबाट पाएको २० सिटमा बन्द सूचीबाट १५ जना […]
लोसपाको कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

काठमाडौँ । मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बैठक बसेको हो । बैठकमा चुनावमा मधेसवादी दलहरूकाे पराजित अवस्थाबारे समीक्षा भइरहेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बैठक बसेको हाे । बैठक अहिले जारी छ ।
प्रचण्ड र रविबीच कुराकानी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच कुराकानी भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले राम्रो नतिजा ल्याएपछि लामिछानेलाई बधाई दिन प्रचण्डले फोन गरेका उनको सचिवालयले जनाएको छ । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले चुनावी नतिजालाई लिएर दुवै शीर्षस्थ नेताबीच फोनमा कुराकानी भएको बताए […]

