Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोधनदेखि नियुक्तिसम्म

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 21, 2026
0 shares

काठमाडौं । सरकारले विभिन्न कानुनी संशोधन, नियुक्ति तथा सिफारिससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक, प्रशासनिक तथा निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरूमा निर्णय गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।

बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेछन्। समितिले अध्यक्ष पदका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ।

त्यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। यस संशोधनमार्फत विशेष सेवासम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउने उद्देश्य राखिएको छ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्न स्वीकृत गरिएको छ। निर्वाचन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक रहेको सरकारको निष्कर्ष छ।

मन्त्रिपरिषद्ले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको विधेयक पनि संघीय संसद्मा पेश गर्न अनुमति दिएको छ। यसले मतदाता दर्ता तथा व्यवस्थापन प्रक्रियालाई अझ पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ। समितिको अध्यक्षमा प्युठानका डिल्लिराज आचार्य नियुक्त भएका छन् भने सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य मनोनयन भएका छन्। सरकारले सहकारी क्षेत्रको सुधार र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved