Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2026
0 shares

काठमाडौं — जेन्जी २.० ले गृह मन्त्री सुदन गुरुङको राजिनामा माग गरिँदै आएको विषयप्रति कडा आपत्ति जनाउँदै तत्काल राजिनामा दिनुपर्ने कुनै सैधान्तिक आधार नरहेको स्पष्ट पारेको छ।

प्रबक्ता अविन लिम्बुले जारी गरेको प्रेस विज्ञप्तिमा “के अब शेयर किन्नु नै अपराध हो?” भन्ने प्रश्न उठाउँदै आर्थिक गतिविधिमा संलग्न भएको आधारमा कसैलाई दोषी देखाउने प्रयास खतरनाक प्रवृत्ति भएको उल्लेख गरिएको छ। यस्तो अभ्यासले केवल व्यक्तिविरुद्ध अभियान मात्र नभई राज्य प्रणालीलाई नै कमजोर बनाउने दाबी गरिएको छ।

विज्ञप्तिमा नेपालमा विधिको शासन कायम रहनुपर्ने र कुनै पनि पदाधिकारीलाई राजनीतिक दबाब वा स्वार्थका आधारमा हटाउने प्रवृत्ति अस्वीकार्य हुने जनाइएको छ। लिम्बु ले जवाफदेहिता आवश्यक भए पनि त्यो स्थापित कानुनी प्रक्रिया भित्रै हुनुपर्नेमा जोड दिएको छ।

यसैबीच, केही प्रमुख राजनीतिक दलहरू—एमाले, काङ्ग्रेस तथा नेकपा—यस विषयमा आवज उठाएको प्रति पनि प्रश्न उठाइएको छ। लिम्बुले सरकार ठूला बिचौलिया र अनियमिततामा संलग्न शक्तिहरूमाथि कडा कदम चाल्ने तयारीमा रहेको दाबी गर्दै त्यसलाई अवरुद्ध गर्न र सरकारलाई असफल देखाउन विभिन्न राजनीतिक रणनीतिहरू अघि सारिएको आरोप लगाएको छ।

विज्ञप्तिमा केही जेन्जी स्वार्थी समूहहरूलाई समेत प्रयोग गरी भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यसले युवा शक्तिको दुरुपयोग गर्नुका साथै लोकतान्त्रिक संस्कारमा असर पर्ने जनाएको छ।

जेन्जी २.० का प्रबक्ता लिम्बुले गृह मन्त्री गुरुङको राजिनामा मागको विरोध गर्दै विधिको शासन, संस्थागत स्थायित्व र जिम्मेवार शासन प्रणालीको पक्षमा आफूहरू दृढ रहेको जनाएको छन। साथै, देशलाई अस्थिर बनाउने गतिविधि भन्दा सुदृढ बनाउने दिशामा अघि बढ्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved