सुनसरी । खोटाङ जिल्लासँग सम्बन्धित संगठनात्मक गतिविधिलाई प्रदेश राजधानीसँग जोड्ने उद्देश्यसहित “रास्वपा खोटाङ – प्रदेश राजधानी सम्पर्क विभाग” आयोजक कमिटि गठन गरिएको छ। २०८३ साल वैशाख १४ गते सुनसरीको इटहरीमा सम्पन्न विशेष भेलाबाट उक्त कमिटि गठन गरिएको हो।
जिल्ला कार्यसमिति सदस्य भगवती रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश महामन्त्री माननीय लालविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उपस्थित नेताहरुले संगठन विस्तार, समन्वय र सुदृढीकरणका विषयमा जोड दिएका थिए।

नवगठित कमिटिको संयोजकमा सविन आचार्य चयन भएका छन् भने सह–संयोजकमा मेनुका भट्टराई र सचिवमा सन्तोष रेग्मी रहेका छन्। त्यसैगरी सदस्यहरूमा अमर कटुवाल, लक्ष्मी घिमिरे पोख्रेल, पर्शुराम खड्का, दिनेश पौडेल, कृष्ण पोख्रेल, चिरञ्जीवी कोईराला, उमेश पौडेल, पूजा पौडेल, सुवास खड्का, दिपक खड्का र संगीता खड्का चयन भएका छन्।
भेलामा सहभागीहरूले प्रदेश राजधानीसँग प्रत्यक्ष सम्पर्क र समन्वय बढाउँदै खोटाङका जनताका मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नवगठित कमिटिले आगामी दिनमा संगठन विस्तार तथा जनसरोकारका कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।










