मौनता कि विश्वासघात? — सर्वहाराको पीडामा राज्य र राजनीति किन मौन छन्?

✍️ कमल ढकाल। घोत्लिएर सोच्दा मन चित्त बुझ्दैन। देशको वर्तमान यथार्थ यस्तो मोडमा आइपुगेको छ, जहाँ सबैभन्दा कमजोर, गरिब, सुकुम्बासी, श्रमजीवी, सुत्केरी महिला र असहाय वर्गहरू राज्यका निर्णयहरूको प्रत्यक्ष मारमा परिरहेका छन्। उनीहरूको पीडा, चित्कार र विवशता केवल व्यक्तिगत कथा होइन; यो समग्र राज्य व्यवस्था, राजनीतिक नैतिकता र सामाजिक चेतनाको कठोर परीक्षण हो। तर सबैभन्दा […]
सास्वपा भक्तपुर जिल्ला संगठन विभाग संयाेजकमा थापा

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला संगठन विभागको सहसंयोजक पदमा रामेश्वर थापा नियुक्त हुनुभएको छ। पार्टीले संगठन विस्तार तथा जिल्ला तहको गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित थापालाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। उहाँको नियुक्तिसँगै पार्टीभित्र नयाँ उत्साह थपिएको स्थानीय नेताकार्यकर्ताले बताएका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो […]
श्रम संस्कृति पार्टीको प्रदेश नम्बर १ तदर्थ कार्य समिति गठन, अध्यक्षमा खाेटाङका प्रताप राइ

सुनसरी । श्रम संस्कृति पार्टी को प्रदेश नम्बर १ तदर्थ कार्य समितिको गठन आज धरानस्थित सैनिक हलमा सम्पन्न भएको छ। पार्टीले लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गरेको जनाएको छ। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी श्रमदाताहरू, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवगठित तदर्थ कार्य समितिको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित भएका छन्। त्यसैगरी […]
रास्वपा चन्द्रागिरि–१४ वडा अधिवेशन जेठ २ मा, शीर्ष नेतासहित सांसद सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. १४ ले आफ्नो प्रथम वडा अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जेठ २ गते शनिबार बिहान ७ः३० बजे गोल्डस्टार ब्याङ्क्वेट, नैकप फुटबल ग्राउण्ड तल आयोजना हुने जनाइएको छ। अधिवेशनमा प्रमुख अतिथिका रूपमा बिष्णु श्रेष्ठ सहभागी हुनेछन् भने विशिष्ट अतिथिमा सांसद प्रदीप बिष्ट, भूमिका श्रेष्ठ र […]
सरकार बनाउने–गिराउने खेल बन्द गरेर जनताको मुद्दामा केन्द्रित हुन बिमला अन्सारीको आग्रह

जनकपुरधाम । मधेस प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा मधेस प्रदेशकी पूर्व गृह, कानून तथा सञ्चारमन्त्री तथा प्रदेशसभा सदस्य बिमला अन्सारी ले सरकारलाई सत्ता समीकरण र राजनीतिक खिचातानीभन्दा माथि उठेर जनताका आधारभूत समस्या समाधानतर्फ केन्द्रित हुन आग्रह गरेकी छन्। बैठकलाई सम्बोधन गर्दै उनले सातौँ अधिवेशन मधेस प्रदेशका जनअपेक्षालाई सम्बोधन गर्ने, विकास, सुशासन तथा सामाजिक न्यायलाई सुदृढ […]
संसदप्रति उत्तरदायित्व : लोकतन्त्रको मूल आत्मा

✍️ कमल ढकाल। लोकतन्त्र केवल आवधिक निर्वाचन सम्पन्न गर्ने प्रणाली मात्र होइन, जनताप्रति उत्तरदायी शासन सञ्चालन गर्ने राजनीतिक संस्कार पनि हो। निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्नु लोकतन्त्रको प्रारम्भिक चरण हो भने ती जनप्रतिनिधिमूलक संस्थाप्रति कार्यकारी नेतृत्वलाई निरन्तर जवाफदेही बनाइराख्नु यसको वास्तविक सार हो। यही कारणले संसदीय लोकतन्त्रमा संसदलाई राज्यको सर्वोच्च राजनीतिक मञ्च मानिन्छ, जहाँ जनताको सार्वभौम […]
प्रतिनिधि सभा बैठक बस्दै तर, श्रम संस्कृतिका सांसदहरु बिराेधकाे तयारिमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पाैडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संसद्को बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। आजको सम्भावित कार्यसूचीअनुसार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत […]
भूमिहीनको अधिकार सुनिश्चित गर्न रास्वपालाई १२ बुँदे मागपत्र

काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल ले भूमि तथा आवास अधिकार सुनिश्चित गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बालाजुस्थित पार्टी कार्यालयमा अनुरोध पत्र बुझाएको छ । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जी ले १२ बुँदे मागपत्र वाचन गर्दै रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली मार्फत पार्टी नेतृत्वलाई हस्तान्तरण गरेका हुन् । मञ्चका अनुसार २० […]
बजेट वितरणदेखि सुकुमबासी समस्यासम्म : सांसद ध्रुवराज राईको सरकारलाई कडा प्रश्न

काठमाडौं । काठमाडौं । सांसद ध्रुवराज राई ले सरकारको नीति तथा कार्यक्रम र सुकुमबासी समस्या समाधानमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । अर्थ समितिको छलफल कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बसोबासी र सुकुमबासी नागरिकहरूको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले दीर्घकालीन योजना र स्पष्ट नीति अभावका कारण वास्तविक पीडितहरू झन् समस्यामा परेको बताएका […]
“ग्रेटर नेपाल” बहसलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने भरत गिरीको माग

काठमाडौं । आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरी ले नेपालले राष्ट्रिय हित, सार्वभौमिकता र ऐतिहासिक वास्तविकतालाई केवल भावनात्मक दृष्टिकोणबाट होइन, दीर्घकालीन रणनीति र दूरदृष्टिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्। उनले वर्तमान समयमा नेपालमा लिपुलेक र लिम्पियाधुराको विषयमा मात्र केन्द्रित बहस भइरहेको उल्लेख गर्दै इतिहासको व्यापक सन्दर्भमा “ग्रेटर नेपाल” को मुद्दामाथि गम्भीर अध्ययन, अनुसन्धान […]
