Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टीकापुर घोषणापत्र’ जारी गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2026
0 shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको टीकापुरमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि सुरु हुँदैछ।

जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रूबी कुमारी तथा राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीसहित संघीय संसद र प्रदेश सभाका पदाधिकारी धनगढी पुगिसकेका छन्।

शनिबार बिहान ८ः३० बजे हुने उद्घाटन सत्र सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा सञ्चालन हुनेछ। प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रमुख अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नेछन्।

सम्मेलनअन्तर्गत शनिबार दिउँसो १२ः३० बजेदेखि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली, कानुन निर्माण तथा संघीय शासनसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, सूचना प्रविधि विज्ञ विनित सत्याल, संविधानसभा सदस्य खिमलाल देवकोटा तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले क्रमशः लेजिस्लेटिभ एकेडेमी, डिजिटल पार्लियामेन्ट, कानुन निर्माणमा अन्तरतह समन्वय र आदर्श बजेट निर्माण प्रक्रियाबारे प्रस्तुति दिने कार्यक्रम छ।

कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाबारे सहभागीहरूबीच विस्तृत छलफल हुनेछ। सम्मेलनमा संघीय संसदका दुवै सदन तथा सातै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, समितिका सभापति, सचिव तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहनेछ।

सम्मेलनको दोस्रो दिन आइतबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नेछन्। सहभागीहरूको सुझाव समेटेर घोषणापत्र पारित तथा हस्ताक्षर गरिने कार्यक्रम रहेको छ। सम्मेलन आइतबार बिहान १०ः३० बजे औपचारिक रूपमा समापन हुनेछ भने त्यसका निष्कर्ष र ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गर्न बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved