Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभातिमा पुन: रामेश्वर बस्नेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2026
0 shares

भक्तपुर।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्लाको प्रथम जिल्ला अधिवेशन आज सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा सम्पन्न भएको छ। बिहान ८ बजेदेखि सुरु भएको अधिवेशन जिल्ला सभापति रामेश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन पार्टी संसदीय दलका उपनेता गणेश पराजुली ले गरेका थिए।

अधिवेशनमा ३५० भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। अधिवेशनअन्तर्गत सचिव र सह–सचिव पदका लागि निर्वाचन सम्पन्न भएको थियो भने अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका थिए। निर्वाचनबाट सचिवमा सञ्जीव प्रजापति र सह–सचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन्।
रास्वपाका केन्द्रीय सदस्य सूरज प्रधानका अनुसार अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पराजुलीले मुलुकमा सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्न राजनीतिक परिवर्तन आवश्यक रहेको उल्लेख गरे। उनले व्यवस्था परिवर्तनको पक्षमा उभिएका शक्तिहरूलाई सहयोग गर्न तथा परिवर्तनको विरोध गर्नेहरूलाई आफ्नो सोच सुधार्न आग्रह गरे।

त्यसैगरी कार्यक्रममा अतिथिका रूपमा उपस्थित भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीव खत्री ले राष्ट्रिय हित, सीमा सुरक्षा तथा विगतका राजनीतिक निर्णयहरूबारे धारणा राख्दै देशका प्रमुख राजनीतिक दलहरूले गरेका कामकारबाहीप्रति प्रश्न उठाए। उनले महाकालीलगायत सीमा सम्बन्धी विषयमा अहिले आवाज उठाउने नेताहरू विगतमा पनि राज्यसत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहेको दाबी गरे।

उनले शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, पशुपति शमशेर राणा तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न समयमा नेतृत्वदायी भूमिकामा रहँदा पनि यस्ता विषयहरू समाधान हुन नसकेको उल्लेख गरे।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन विस्तार, सुशासनको अभियानलाई थप प्रभावकारी बनाउने तथा जनताको अपेक्षाअनुसार पार्टी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved