खाेटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको पहिलो जिल्ला अधिवेशन यही २४ गते जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना हुने भएको छ। जिल्ला संयोजक मुकुन्द कृष्ण थापाका अनुसार अधिवेशन दिक्तेलस्थित समीक्षा हलमा सम्पन्न हुनेछ।
अधिवेशनको प्रमुख अतिथिका रूपमा सृष्टि भट्टराई सहभागी हुने कार्यक्रम तय गरिएको छ। पार्टीका जिल्ला नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

रास्वपाको केन्द्रीय निर्देशनअनुसार जिल्लाभित्रका सबै संगठनात्मक संरचनाको अधिवेशन प्रक्रिया सम्पन्न भइसकेको छ। खोटाङका १० वटा स्थानिय तह मध्य ८ स्थानीय तह र ७९ वडा मध्य ५० वडाहरूको अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
जिल्ला अधिवेशनमा वडा, गाउँपालिका तथा नगरपालिकाबाट निर्वाचित प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूको व्यापक उपस्थिति रहने रास्वपा खोटाङले जनाएको छ। अधिवेशनले पार्टीको नयाँ कमिटि गठन गर्दै आगामी कार्यदिशा तय गर्नुका साथै संगठनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।










