सशक्त प्रतिपक्षको चेतावनी—“संसद चलाउन बाध्य बनायौँ”

काठमाडौं । सशक्त र जिम्मेवार प्रतिपक्ष भएको दाबी गर्दै हर्क साम्पाङले सरकारप्रति कडा सन्देश दिएका छन्। उनले आफूहरूलाई “चानचुने नठान्न” चेतावनी दिँदै जनताको आवाज उठाउने दायित्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्। प्रतिपक्षका नेताहरूले देशको वास्तविकता बुझेका, धर्ती चिरेर अन्न उब्जाउने किसानजस्तै श्रमशील र प्रतिबद्ध शक्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको दलाली स्वीकार्य नहुने बताएका […]

सरकारी कलेजलाई प्राइभेट सरह बनाउने प्रस्ताव: शिक्षा सुधारमा साझा पहलको आह्वान

काठमाडौं। शिक्षा क्षेत्रमा देखिएको असमानता र गुणस्तरको चुनौती समाधान गर्न सरकारी कलेजलाई निजी कलेजसरह सुविधा सम्पन्न बनाउने निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता अमृत शाहीले सबै सरोकारवालालाई साझा मुद्दामा एकजुट हुन आह्वान गरेका छन्। काठमाडौंका अधिकांश निजी कलेजमा अध्ययन गरेका व्यक्तिवादी सोचले ग्रस्त क्याबिनेटबाट विद्यार्थी संगठन खारेज गर्ने बहस उठ्नु शिक्षा क्षेत्रको दीर्घकालीन समाधान नभएको उनको […]

देश तपाईहरूको राजनैतिक मुद्दा भन्दा धेरै माथीको कुरा हो : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षा बमले नेकपा एमाले र तिनका कार्यकर्तालाई सडकमा जारी विध्वंसात्मक आन्दोलन रोकी जिम्मेवार र लोकतान्त्रिक चरित्र अपनाउन आग्रह गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीका कार्यकर्ता आन्दोलनमा उत्रिएको सन्दर्भमा उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सुझाव दिएकी हुन् । बमले आफ्नो सन्देशमा मुलुकमा केही हदसम्म स्थिरता आएको […]

धार्मिक स्वतन्त्रता कि निगरानीको कडाइ? कार्की आयोगको सिफारिसले बहस चर्कियो

दिपेश श्रेष्ठ, काठमाडौं ।  सरकारलाई बुझाइएको कार्की आयोग को प्रतिवेदनले धार्मिक संस्था सम्बन्धी नयाँ बहसलाई जन्म दिएको छ। प्रतिवेदनको पेज नं. ८२१ मा काठमाडौँ उपत्यकाका डाँडाकाँडामा सञ्चालनमा रहेका मदरसा र चर्चहरूमा हुने फन्डिङबारे कडा अनुगमन गर्न सरकारलाई सिफारिस गरिएको उल्लेख छ। आयोगले विशेषगरी बाह्य स्रोतबाट आउने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न निगरानी बढाउनुपर्ने औंल्याएको हो। […]

सरकारकाे सय कार्यसूचीमा छुटे मुक्त हलिया र कम्लहरी—भुमिहीन अझै लालपुर्जाविहीन

काठमाडौं। सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा मुक्त हलिया, मुक्त कम्लहरी तथा भुमिहीन नागरिकको पुनर्स्थापना र लालपुर्जा वितरण जस्ता संवेदनशील विषय नसमेटिएको भन्दै सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्। लामो समयदेखि राज्यबाट मुक्त घोषणा गरिए पनि उनीहरूको स्थायी बसोबास, रोजगारी र भूमि अधिकार सुनिश्चित हुन नसकेको अवस्थामा नयाँ कार्यसूचीमा पनि यी विषय बेवास्ता गरिनु दुखद भएको अधिकारकर्मीहरूको […]

सरकारकाे सय कार्यसूची सार्वजनिक , काे काे जालान त भ्रष्टाचारको मुद्दामा जेल !

काठमाडौं। सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग […]

साधारण सदस्य नरहनेगरि डि पि अर्यालले दिए राजिनामा

काठमाडौं । नेपालको संविधानअनुसार सभामुख पद निष्पक्ष र दलरहित हुनुपर्ने प्रावधानअनुसार डीपक अर्याल ले आफ्नो पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ! नवगठित सरकारमा सभामुखको जिम्मेवारी सम्हालेपछि उनले संविधानको मर्म र व्यवस्था अनुसार आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध रहन नहुने भएकाले यस्तो निर्णय लिएको जनाइएको छ। नेपालको संविधानले सभामुखलाई संसदको निष्पक्ष संरक्षकको रूपमा परिभाषित गरेको […]

ओलि समर्थक सात प्रदर्शनकारि पक्राउ

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ प्रदर्शनकारिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार पक्राउ परेका सबैलाई हाल परिसरको हिरासतमा राखिएको छ। प्रहरीले प्रदर्शनका क्रममा सुरक्षामा असर पर्ने गतिविधि भएपछि उनीहरूलाई […]

राजनीतिक हस्तक्षेपमुक्त निजामती सेवाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने आफ्नो स्थापनाकालदेखिको धारणा पुनः स्पष्ट पारेको छ। हालै सम्पन्न आम निर्वाचनको सन्दर्भमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र सक्षम बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीले यस क्षेत्रको सुधारका लागि विभिन्न योजनासहितको धारणा सार्वजनिक गरेको जनाएको छ। विज्ञप्तिमा […]

बालेन नेतृत्वकाे सरकारकाे पहिलाे निर्णयहरु यस्ता छन् जसले ओलि सहितका नेताहरु डामिने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले मुलुकको सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राख्दै महत्वपूर्ण चार निर्णय सार्वजनिक गरेको छ। सरकारको पछिल्लो बैठकले शहीदप्रति सम्मानदेखि प्रशासनिक सुधारसम्मका विषयलाई प्राथमिकताका साथ अघि बढाएको हो। बैठकको पहिलो निर्णयअनुसार देशका लागि प्राण त्याग गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गरिएको छ। सरकारले शहीदहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको […]