चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
लामिछानेलाई सभापतिको उम्मेदवारका रूपमा बालेन शाह ले प्रस्ताव गरेका थिए। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै पार्टीले संगठन सुदृढीकरण, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।
रास्वपाले नयाँ नेतृत्वको मार्गदर्शनमा आगामी राजनीतिक यात्रालाई थप स्पष्ट, व्यवस्थित र ऊर्जावान बनाउने विश्वास व्यक्त गरेको छ। महाधिवेशनलाई पार्टीको संस्थागत विकास र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।



















