चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुँदै सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन्। महाधिवेशनले सात पदाधिकारीसहित विभिन्न समावेशी क्लस्टर र सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
निर्वाचित पदाधिकारीमा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, महिला उपसभापति सोविता गौतम, महामन्त्री विपिन कुमार आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह तथा महिला सहमहामन्त्री निशा डाँगी रहेका छन्।

केन्द्रीय समितिमा राष्ट्रिय खुलातर्फ ३२ जना, खस/आर्य समूहबाट १० जना, आदिवासी/जनजाति समूहबाट ९ जना, मधेशी समूहबाट ५ जना, दलित समूहबाट ४ जना, थारु समूहबाट २ जना, मुस्लिम समूहबाट २ जना तथा सातै प्रदेशका प्रादेशिक क्लस्टरबाट ३५ जना (प्रत्येक प्रदेशबाट ५/५ जना) निर्वाचित भएका छन्।
राष्ट्रिय खुलातर्फ डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनीष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, अस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य निर्वाचित भएका छन्।

खस/आर्य समूहबाट सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वर कार्की ‘रोहन’, प्रकृति ढकाल, टिका संग्रौला ‘ज्वाला’, क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशिला कार्की पोख्रेल निर्वाचित भएका छन्।
आदिवासी/जनजाति समूहबाट मिलन लिम्बु, शंकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुसुम महर्जन निर्वाचित भएका छन्।
मधेशी समूहबाट बब्लु गुप्ता, अरविन्द साह, दीपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी निर्वाचित भएका छन्।
दलित समूहबाट विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक निर्वाचित भएका छन् भने थारु समूहबाट करिश्मा कठरिया र अशोक कुमार चौधरी तथा मुस्लिम समूहबाट समिना मिया र रहबर अन्सारी केन्द्रीय सदस्य बनेका छन्।
त्यसैगरी प्रादेशिक क्लस्टरतर्फ कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कोशीबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ, मधेशबाट सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अंकित कुमार यादव, बागमतीबाट प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा, गण्डकीबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा र विष्णु कुमारी गुरुङ (एकता), लुम्बिनीबाट कल्पना पाण्डे, संगिता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल, कर्णालीबाट सिता बादी, विनिता कठायत, टासी ल्हाइगजोम, मेनुका शाही र प्रकाश न्यौपाने तथा सुदूरपश्चिमबाट हेमराज थापा, के.पी. खनाल, दीपक राज बोहरा, जानीका जोशी र चन्द्रा ऐर ‘चाँदनी’ निर्वाचित भएका छन्।
पहिलो राष्ट्रिय महाधिवेशनबाट चयन भएको यो नयाँ नेतृत्वले संगठन विस्तार, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको एजेन्डालाई थप सशक्त रूपमा अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ। नयाँ केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई विशेष प्राथमिकता दिइएको रास्वपाले जनाएको छ।


















