भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगरपालिका–६ को प्रथम ऐतिहासिक वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। आइतबार आयोजित अधिवेशनमा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले अधिवेशनले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अधिवेशनले सुकुमान तामाङको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिले आगामी दिनमा वडा स्तरमा पार्टीको गतिविधि विस्तार गर्ने जिम्मेवारी लिएको जनाएको छ।
समितिको उपाध्यक्षमा युवा माया श्रेष्ठ र सचिवमा मंगल कुमार तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। उनीहरूले संगठन विस्तारसँगै जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै सदस्यहरूमा नानीमाया तामाङ, पेमा तामाङ, राजकुमार लामिछाने, राम तामाङ र सोम तामाङ चयन भएका छन्। नवनिर्वाचित टोलीले वडा स्तरमा जनसम्पर्क बढाउँदै पार्टीलाई थप सक्रिय बनाउने लक्ष्य लिएको छ।










