Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुकुमबासी बस्तीमा डोजर चलाएको भन्दै पीडितको आक्रोश, आन्दोलनको चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2026
3 shares

काठमाडौं । सुकुमबासी बस्तीहरूमा अवैधानिक रूपमा डोजर प्रयोग गरिएको भन्दै पीडित तथा अधिकारकर्मीहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरूले भूमि तथा आवास अधिकारको रक्षा गर्न निरन्तर संघर्ष गर्ने चेतावनी दिएका छन्।

भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले भत्काइएका बस्तीहरू अतिक्रमण नभई वास्तविक सुकुमबासीको बसोबास क्षेत्र भएको दाबी गरे। उनीहरूले आफूहरूलाई पूर्वसूचना बिना नै उठिबास लगाइएको आरोप लगाए।

त्रिपुरेश्वरस्थित वंशिघाट सुकुमबासी बस्तीकी पीडित मैया आलेले बिना जानकारी नै बस्तीमा डोजर चलाइएको गुनासो गरिन्। “विकल्प नै नदिई अपराधीलाई जस्तो व्यवहार गर्दै बस्ती भत्काइयो, राज्य नागरिकको ‘रक्षक’ होइन ‘भक्षक’को रूपमा प्रस्तुत भयो,” उनले भनिन्।

यस्तै, शंखमूलका पवन गुरुङले ५३ वर्षदेखि बस्दै आएको घर भत्काएर सडकमा पुर्‍याइएको भन्दै आक्रोश व्यक्त गरे। सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने आश्वासन दिए पनि आफूहरू वर्षामा कष्टकर अवस्थामा बस्न बाध्य भएको उनले बताए। “होल्डिङ सेन्टर, लज र होटलको व्यवस्था भनिए पनि बिरामी र वृद्धहरूको अवस्था अत्यन्त दयनीय छ,” उनले भने।

भूमि तथा आवास अधिकारकर्मी विना बुद्धाचार्यले सुकुमबासी बस्तीमा गरिएको डोजर प्रयोग संविधान विपरीत भएको जिकिर गरिन्। उनले स्थानीय सरकार प्रमुख बालेन्द्र शाह माथि लक्षित गर्दै ऐन–कानुनभन्दा व्यक्तिगत धारणा र सामाजिक सञ्जालका अभिव्यक्तिको आधारमा निर्णय गरिएको आरोप लगाइन्। “आवासको अधिकारमाथि प्रहार गर्ने यस्ता कदम मानवअधिकारविरुद्ध हुन्, यसबारे जवाफदेहिता आवश्यक छ,” उनले भनिन्।

सरकारले सुकुमबासीलाई ‘अतिक्रमणकारी’को रूपमा चित्रित गरेकोप्रति असन्तुष्टि जनाउँदै बुद्धाचार्यले यस्तो भाष्यप्रति कडा प्रतिवाद हुने चेतावनी दिइन्। अधिकारकर्मी स्मिता आचार्यले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई अतिक्रमणकारी भन्नुले राज्यको गरिबप्रति अनुदार दृष्टिकोण उजागर भएको टिप्पणी गरिन्।

अधिकारकर्मी भगवती अधिकारीले गरिब तथा निमुखा जनताको बस्तीमा छानिछानी डोजर चलाइएको भन्दै मानवअधिकार उल्लङ्घन भएको आरोप लगाइन्। “सार्वजनिक जग्गा अतिक्रमणको नाममा भूमिहीनलाई विस्थापित गर्ने तर शक्तिशाली व्यक्तिका संरचना जोगाइने किन?” उनले प्रश्न गरिन्।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार देशभर करिब १२ लाख भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी रहेको बताइएको छ। वक्ताहरूले उनीहरूको दीर्घकालीन व्यवस्थापन नगरी बलपूर्वक विस्थापन गर्नु गैरकानुनी तथा अमानवीय हुने धारणा राखे।

होल्डिङ सेन्टरमा राखिएका करिब ७ सय व्यक्तिको अवस्था नाजुक रहेको बताउँदै अधिकारीले सुत्केरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष संवेदनशीलताका साथ व्यवस्थापन गर्न सरकारसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved