भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार आयोजित अधिवेशनमा रास्वपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रमिला कुलुजु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

अधिवेशनले मोहन पौडेलको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा अम्बिका देवी दाहाल र सचिवमा मोहन पराजुली चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा दिलकुमारी प्रधान, सीता देवी दाहाल, सुनितन अछामी, रमेश खत्री, चिरञ्जीवी घिमिरे र धुर्ब प्रधानाङग निर्वाचित हुनुभएको छ।
अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य रूकेश रंजित, युवा नेता साजन विश्वकर्मा, क्षेत्र नं. १ का सभापति रनाेज थापा तथा नगर सभापति राेशन थापालगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमले स्थानीय तहमा रास्वपाको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










